१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

२ करोडको लगानीमा निर्माण हुँदै क्रिकेट एकेडेमी

रुपन्देही - क्रिकेट खेलको विकासका लागि रुपन्देहीमा क्रिकेट एकेडेमी बन्ने भएकाे छ। गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा  अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्ने भएको हो।

क्रिकेट खेलप्रतिको क्रेजलाई प्रोत्साहन गर्नका क्रिकेट एकेडेमी बनाउन लागेको एकेडेमीका अध्यक्ष तिलब केसीले बताए । २ करोडको लगानीमा १६ कठ्ठा क्षेत्रमा उक्त एकेडेमीको निर्माण गरिने योजनाका साथ कार्य अगाडि बढाइएको छ।

सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले बिहिबार बिहानै क्रिकेट एकेडेमीको शिलान्यससमेत गरे। निजि क्षेत्रको सक्रियतामा निर्माण हुन लागेको क्रिकेट एकेडेमीबाट सैनामैनालाई खेलकुदको हवको रुपमा विकास गर्न टेवा मिल्ने नगरपालिका मेयर कार्कीले बिश्वास ब्यक्त गरे।

रुपन्देहीको पश्चिम क्षेत्रमा रहेको सैनामैनामा क्रिकेट एकेडेमी स्थापना हुँदा जिल्लाको खेलकुद विकासमा अझ टेवा मिल्ने विश्वास गरिएको छ । यसअघि, बुटवल भैरहवा जस्ता सहर केन्द्रीत भएर एकेडेमीहरु खोलिएका थिए । तर, सैनामैनामै क्रिकेट एकेडेमी बनेपछी रुपन्देही सहित कपिल्वस्तु, पाल्पा, अर्घाखाँची जिल्ला लगायतका क्षेत्रका खेलाडीले समेत लाभ लिन सक्नेछन् ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App