१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

क्लिनिक धाउँदै अनुष्का

मुम्बई– केही दिन यता बलिउड अभिनेत्री अनुष्का शर्मा प्रायः मेडिकल क्लिनिक वरपर भेटिन्छिन्। पछिल्लो समयमा उनका कैयौं तस्बिरहरू हेर्दा उनी क्लिनिक जाँदै गरेको वा त्यहाँबाट निस्कँदै गरेको देखिन्छ। क्लिनिक वरपरका तस्बिर सामाजिक सन्जालमा आएपछि उनको बारेमा अलग अलग अनुमान लगाउन थालिएको छ। कतिपयले उनी गर्भवती भएको अनुमान लगाएका छन् भने केहीले उनलाई गम्भीर रोग लागेको हुनसक्ने आँकलन गरेका छन्।

समाचारअनुसार अनुष्का गर्भवती नभई उनी एक गम्भीर रोगबाट पीडित छिन्। केही समय अघि पनि अनुष्का ‘बल्जिङ डिस्क’ रोगबाट पीडित थिइन्। तर उपचार पछि उनको पीडा कम भएको थियो।

केही दिन यता उनको यो रोग पुनः बल्झिएको छ। जसको उपचारका लागि उनी दिनहुँ जसो क्लिनिक धाइरहेकी छन्। अनुष्काले आफ्नो रोगका विषयमा खुलेर केही प्रतिक्रिया दिएकी छैनन्।

अनुष्काले समस्या भोगिरहेको ‘बल्जिङ डिस्क’ रोग कम्मरमा देखिने रोग हो। यो रोग लागेको व्यक्ति एकैठाउँमा धेरै समय बस्न सक्दैन। एकैठाउँमा धेरै समय बसेरै यो रोग लाग्ने गरेको चिकित्सकहरूको भनाई छ।

अनुष्का हालका दिनमा बेरोजगार झैं छिन्। किनकी उनको हातमा अहिलेसम्म कुनै फिल्म आएको छैन। उनको पछिल्लो फिल्म ‘जीरो’ थियो। जसमा उनीसँगै शाहरुख खान र कटरीना कैफ पनि थिए। फिल्मले बक्स अफिसमा उल्लेख्य व्यापार गर्न सकेन। यो फिल्मपछि उनले कुनै पनि अन्य फिल्ममा साइन गरेकी छैनन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App