१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनियोजित योजना

ताप्लेजुङ - पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको घटना दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। त्यहिँ आधारमा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको पाँचथरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ।

दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। हत्याको योजना बुन्नेले १० जनालाई मार्ने र दुबै परिवारको बंश नास गर्ने योजना बनाएको हुनसक्ने अनुमानमा प्रहरीले घटनाको अध्यन अगाडि बढाएको पाँचथर प्रहरीस्रोतले जानकारी दिएको छ।

घटनास्थलमा प्रहरी पुगेपनि टेलिफोन राम्रोसँग सम्पर्क हुन नसकेकोले घटनाका बारेमा अझै बिस्तृत बिवरण आउन बाँकी छ। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको घटनास्थलमा पुगेको प्रहरी र स्थानीयलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। कान्छो ज्वाँई र छोरीको अदालतमा मुद्दा समेत रहेको बुझिएको छ।

 

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App