१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सिटी छोड्दै कोम्पनी

लन्डन– क्लबले सिजनको तेहेरो उपाधि जितेलगत्तै म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने घोषणा गरेका छन्।

कोम्पनीले एन्टरलेच्टको खेलाडीका साथै प्रशिक्षकसमेत बन्ने भएपछि सिटी छोडेको बताएका छन्। २००८ मा इत्तिहाद रंगशालामा भित्रिएका कोम्पनीले सिटीबाट ३ सय ६० खेलमा सहभागिता जनाउनुका साथै ४ पटक प्रिमियर लिग,२ पटक एफए कप, ४ वटा इङ्लिस लिग कप र २ पटक कम्युनिटी सिल्डको उपाधि जितेका थिए।

‘मैले सिटीबाट बिदाइ लिने समय आइसकेको छ,’ कोम्पनीले भने, ‘यो सिजन हाम्रा लागि अविस्मरणिय रह्यो, किनभने हामी क्लब इतिहसमा पहिलो पटक तेहेरो उपाधि जित्न सफल भयाैं। म क्लब, समर्थक र टोली सदस्यलाई धन्यवाद दिन चाहन्छु।’

कोम्पनीले बेल्जियमको क्लब एन्डरलेच्टबाट नै व्यावसायिक खेल जीवनको सुरुआत गरेका थिए। सिटी आउनुअघि उनले ह्यामबर्गबाट समेत खेलेका थिए।

‘म एन्डरलेच्टले विगतमा गरेको सहयोगका लागि धन्यवाद दिँदै क्लबमा आगामी दिन सुखद बन्नेमा आशावादी छु,’ कोम्पनीले भने, ‘क्लबमा मेरो भूमिका खेलाडीका साथै म्यानेजरको समेत हुनेछ। मेरो क्लबसँगको सम्झौता ३ वर्षका लागि हुनेछ।’

‘मेरो निर्णयबारे सबैलाई अचम्म लाग्न सक्छ तर मेरा लागि यो तार्किक निर्णय हो,’ कोम्पनीले थपे।

चोटका कारण कोम्पनीले जारी सिजन प्रिमियर लिगमा सिटीबाट ३८ खेलमा १७ खेलमा मात्र सहभागिता जनाएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App