१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कञ्चनजंघा हिमालमा २ भारतीयको मृत्यु, १ बेपत्ता

ताप्लेजुङ - यसपटकको बसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै ८ हजार ५८६ मिटरको उचाईमा रहेको कञ्चनजंघाको सफल आरोहण गरेको भोलीपल्टै यही हिमालमा २ जना भारतीय आरोहीले ज्यान गुमाएका छन् भने एकजना चिलीका नागरिक बेपत्ता छन् 

पिक प्रोमोसन नामक ट्रेकिङ एजेन्सीमार्फत आरोहणमा गएका  दुई भारतीय नागरिकको मृत्यु भएको र शव ल्याउने प्रयास चलिरहेको पि प्रोमोसनका मुख्य सम्पर्क व्यक्ति केशव पौडेलले जानकारी दिए । उनका अनुसार कञ्चनजंघाको चुचुरो नजिक ८ मिटर उचाईमा पुगेका भारतीय नागरिक कुन्टलको मृत्यु भएको हो । ‘हाई अल्टिच्युटका कारण होप भएर ब्रेनमा असर परेर मृत्यु भएको रहेछ’पौडेलले भने ।

यो रोग देखा परेपछि मान्छेले अस्वभाविक प्रतिक्रिया दिने भन्दै पौडेलले कुन्टलले पनि जुत्ता जुरफ खोल्ने र संगै रहेका साथी माथि आक्रमण

समेतको प्रयास गरेका थिए । उनका अनुसार कुन्टलमा समस्या देखिएपछि संगै गएका शेर्पाले उनलाई तल झार्ने प्रयास गरेका थिए,तर त्यो सम्भव भएन । यस्तै कञ्चनजंघाको सफल आरोहण गरेर फर्कदै गरेका अर्का भारतीय नागरिक बिप्लव बैधको समेत मृत्यु भएको छ ।

समिट गरेर फर्कने क्रममा करिव ८ हजा मिटर तल आइपुगेका बेला अचेत बनेका बैधको मृत्यु भएको पौडेलले जानकारी दिए । यता जीपीएसमा कञ्चनजंघाको सफल आरोहण गरेको देखिएको र चुचुरोबाट २ सय मिटर तल झरेपछि चिलीका आरोही रोडर गुइच सम्पर्क बिहिन छन् । उनको खोजी कार्य जारी रहेको पौडेलले जानकार दिए ।

प्रकाशित: २ जेष्ठ २०७६ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App