राजधानी माग्दै कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

सोमबार, ३० बैशाख २०७६, १७ : ०८ अशोकसुजन श्रेष्ठ

मकवानपुर- प्रदेश नम्बर ३ को स्थायी राजधानीको तत्काल माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेश सभामा धेरै सांसदहरुले पटक–पटक माग गरेपनि राजधानीसम्बन्धी बिषयलाई उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

बैठकमा प्रत्येक दलका प्रमुखहरुले सोमबारबाट शुरु भएको प्रदेशको वर्षे अधिवेशनको सफलताको शुभकामना मन्तव्य दिएलगत्तै कांग्रेसको अवरोधका कारण बैठक स्थागित गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनमै स्थायी राजधानीको टुङ्गो लगाउने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गर्दै आएका छन्।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले पेश गरेको प्रतिवदेश कार्यसुचीमा समेत नल्याईएको भन्दै प्रमुख प्रतिपक्षी दल आक्रामक ढंगले प्रस्तुत भएको हो। नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि मंगलबार ४ बजेसम्मका लागि संसद स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए।

नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकार र सभामुखले राजधानीबारे प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेकाले बाध्यताले बैठक अवरुद्ध गरेको बताए।

सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसले प्रदेश सभा अवरुद्ध गरेर द्वन्द बढाउन खोजेको आरोप लगाए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad