१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवामा चिस्यान केन्द्र सञ्चालन

रसुवाको कालिका गाउँपालिका–५ जीवजीवेमा रहेको चिस्यान केन्द्रमा राखिएको तरकारी। तस्बिर: हिमनाथ/नागरिक

रसुवा - रसुवाको कालिका गाउँपालिका–५ जीवजीवेमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ। खाल्चेत तरकारी पकेट सञ्चालक समितिको स्वामित्वमा रहने गरी चिस्यान केन्द्र हस्तान्तरण गरिएको छ। नौकुण्ड गाउँपालिकाको १० लाख ९७ हजारको लागतमा नेपाल थोपा सिँचाई प्रालिले चिस्यान केन्द्र निर्माण गरेको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

जिल्लामा चिस्यान केन्द्र नहुँदा तरकारी तथा फलपूmल बिग्रिने समस्याले किसानलाई समस्या हुँदै आएको थियो। जिल्लामा पहिलो पटक चिस्यान केन्द्र स्थापना गरिएको हो। गत वर्षसम्म नौकुण्ड गाउँपालिका–५ र ६ का किसानले लगाएको तरकारी वर्षाको समयमा खेर जाने गरेको थियो।

खाल्चेत र जीवजीवेको बीचमा पर्ने घट्टेखोलाको पहिरोको कारण वर्षाको समयमा उत्पादन गरिएको तरकारी खेर जाने गरेको कृषक खिलनाथ पौडेलले बताए। ‘चार पाँच दिन पानी पर्दा किसानले लगाएको तरकारी खेर जान्थ्यो, उनले भने, अब किसान यो समस्याबाट मुक्त हुने छन्।’

नौकुण्ड गाउँपालिका–५ र ६ का किसानलाई लक्षित गरी चिस्यान केन्द्र निर्माण गरिएको कृषि शाखाका प्रमुख सम्भुप्रसाद राईले बताए। यसमा करिब ५ टन तरकारी तथा फलपूmल राख्न मिल्छ। शाखा प्रमुख राईका अनुसार ७ दिनसम्म तरकारी तथा फलपूmल भण्डारण गर्न सकिने छ।

केन्द्रमा न्यूनतम प्लस ४ डिग्री तापक्रम रहने छ। मानइस डिग्रीमा तरकारी तथा फलपूmल बिग्रने र यसमा अटो सिष्टम हुने हुँदा तरकारी बिग्रदैन्। यो विद्युत्बाट सञ्चालन हुन्छ। गाउँपालिकाको नजिकै अर्को गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र भएकाले त्यहाँ केन्द्र स्थापना गरिएको हो।

भोर्ले–जीवजीवे तरकारी सङ्कलन केन्द्र सार्वजनिक जग्गामा निर्माण भएको र सरकारी लगानी समेत भएका कारण त्यही स्थापना गरिएको शाखा प्रमुख राईले बताए। ‘लक्षित किसान भएका क्षेत्रमा सामुदायिक भवन थिएन्, उनले भने, तत्कालीन अवस्थालाई मध्यनजर गर्दै हामीले नजिकै केन्द्र निर्माण ग-यौँ।’

कृषिलाई आधुनिकीरण गर्नका लागि गाउँपालिकामा प्रविधि भित्राउन आवश्यक रहेको उनले बताए। ‘परम्परागत कृषि छाडेर आधुनिक किसिमको स्मार्ट कृषि गर्नका लागि प्रविधि आवश्यक पर्छ, उनले भने, यसका लागि हामीले प्रविधिमा जोड दिएका छौँ।’

प्रकाशित: २९ वैशाख २०७६ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App