२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोरा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली– नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।

कैलालीको लम्की चुहा नगरपालिका ७ रोरा नदीमा डुबेर शनिबार बिहान १० बजेतिर दुई बालकको मृत्यु भएकाे हो। मृत्यु हुनेमा वडा नम्बर ७ हडदानीका मनोज चौधरीका ११ वर्षीया छोरा सुदिप र पर्शुरामु चौधरीका ११ वर्षीया छोरा समिर चौधरी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

नुहाउने क्रममा नदीमा डुबेर बेहोस भएका उनीहरुलाई टीकापुर अस्पतालमा लगिएको थियो। अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय लम्कीकी प्रहरी हवल्दार शान्ति पौडेलले जानकारी दिइन्।

प्रकाशित: २८ वैशाख २०७६ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App