१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आजको सत्याग्रह

कवि रविन्द्रनाथ टैगोरले गान्धीलाई यसै भनेका होइन रहेछन्, ’एक्ला चलो रे।’ दृढ निश्चयी मानिसहरू अक्सर एक्लै हिँड्छन्। डाक्टर गोविन्द केसी जो यहाँ हामीसँगै हुनुहुन्छ कहिले रुकुम पुग्नुहुन्छ, कहिले रोल्पा पुग्नुहुन्छ, हैटी र बर्मा पुगेको भर्खरै मात्रै उहाँ आफैँ सुनाउँदै हुनुहुन्थ्यो। बर्मामा नर्गिस आँधीको चपेटामा परेकाहरूको सेवा गरेको घटना भर्खरै सुन्न पाइयो। को थियो त डाक्टर केसीको साथमा ? कोही थिएन।

१६ औँ सत्याग्रहसम्म आइपुग्दा डाक्टर केसीलाई धेरै मानिसले भने, ‘यो जिद्दी भइसक्यो, कसैका पनि कुरा सुन्दैन।’ त्यतिखेर मलाई सम्झना हुन्छ, जब नुवाकलीमा गान्धी जान्छन्, जब चौरी चौराहा गान्धी जान्छन्,  त्यतिखेर नेहरुले चिठी लेखेका छन्, गान्धी हामीले भनेर रोकिनेवाला छैनन्। यस्ता मानिस आखिर कसैले भनेर पनि रोकिदैँनन्। यस्ता फकिरहरूले समाज, समय र दुनियाँलाई बताउँदै जान्छन् झट्ट सुन्दा सत्य नलाग्ने सत्य वचनहरू !  सायद सत्याग्रह त्यहीँबाट सुरु हुन्छ।

सत्याग्रह अर्थात् सत्यको आग्रह। झट्ट सुन्दा कर्णप्रिय लाग्ने कुरा हामीलाई सत्यजस्तो लाग्दछ। तर सधैँ त्यस्तो नहुन सक्छ। औषधि र सत्य प्रायः तितो नै हुन्छ। यो तितो सत्य बताउने परम्पराको सन्दर्भसँग नै जोडिन्छ सत्याग्रह। सत्य गान्धीले निकालेको शब्द होइन। आग्रह गान्धीले उब्जाएको ‘लेक्सोग्राफिक टर्म’ पनि होइन। तर यिनै दुई शब्दलाई जोडेर गान्धीले सत्याग्रह भन्ने शब्द प्रयोग गरे।

सत्य के हो भन्ने कुरा जान्नु त्यति सजिलो छैन। सत्य र तथ्य आफैँमा फरक कुरा हुन्। पोखराको विजयपुर खोलाबाट त्रिकोणजस्तो चुचुरो भएको माछापुच्छे देखिन्छ, अलि पर नाँगडाडा पुगेपछि माछाको पुच्छरजस्तो।  आखिर माछापुच्छे त जहाँको त्यहीँ जस्ताको तस्तै थियो तर हेर्ने दृष्टिकोण फरक पर्नाले अर्कै देखियो। तसर्थ सत्यको सन्दर्भमा गान्धी भन्नुहुन्छ, ‘मैले लेखेका कुरा तिमीहरू नपढ, मैले जिएको जीवन पढ किनकि मेरो जीवन नै मेरो सन्देश हो।’
हुन पनि गान्धीको जीवन एउटा खुला पुस्तक थियो।

उसो भए सत्याग्रहबारे गान्धीको जीवनले के बोल्छ वा हामीलाई के सिकाउँछ त ? उनले लेखेका चिठीमा आफ्नो घरका पारपाचुकेका कुरादेखि लिएर भारत–पाकिस्तानको पारपाचुकेका कुरा समेत छन्। उनलाई सोधिने हरेक प्रश्नको जवाफ उनी चिठी लेखेर दिन्थे। तसर्थ, सत्याग्राहीको पहिलो महत्वपूर्ण गुण भनेको सबैलाई सुन्न, संलग्न गराउन र समेट्न सक्ने हुनु हो। त्यसका लागि सत्याग्राहीको मन ठूलो हुनु पर्छ। गान्धी भन्ने गर्छन् कि ‘आग्रह’को आधारभूत तŒव भनेकै प्रेम हो। सत्याग्रहीको प्रेम सबैप्रति हुनप-यो।

सत्याग्रह नितान्त व्यक्तिगत कुरा हो। यसमा हा¥यो भने एउटा मान्छे हार्छ तर जित्यो भने सबैले जित्छन्। सत्याग्रहको आधार प्रेम, सद्भाव अनि  करुणा हो। यसर्थ, सत्याग्राहीको समाजमा अत्यन्त खाँचो छ। हामी सबैका मानसिक घाउमा मलम लगाउन एउटा आशाको दियो बाली राख्न हामीलाई सत्याग्राहीको जरुरत पर्छ।

गान्धीलाई केही मानिसले असमानता सहेको तथा रङ्गभेदका बारेमा जति खुलेर आउन ुपथ्र्यो त्यति नआएको भनेर आरोप लगाउने गरेका छन्। त्यस्तो आरोप लगाउनेहरूले नै घानाको उनको मूर्ति भत्काए पनि। तर वास्तवमा उनको प्रेम समानताप्रतिको प्रेम थियो।

जब १९०९ मा गान्धी पानी जहाजमा बसेर लण्डनबाट दक्षिण अफ्रिका फर्किंदै थिए। उनले त्यहीँ यात्राको ६ रातमा हिन्दू स्वराज लेखेका हुन्। जसको १२ औँ अध्याय सत्याग्रह माथि लेखिएको छ। त्यो किताबमा कवि तुलसीदासलाई उद्धृत गर्दै भनिएको छ , ‘दया धर्म मूल हैँ, देह मूल अभिमान। तुलसी, दया न छोडिए जब लगि घट मेँ प्रान।’ अर्थात्, दया र धर्म मूल हुन्। यदि शरीरलाई मूल ठानियो भने त्यो अभिमान ठहरिन्छ। अनि घाटमा जाँदासम्म पनि दया र प्रेमलाई छाड्न हुँदैन। सत्याग्राहीले गर्ने त्यही नै हो। सबैलाई प्रेम गर्छ।

आफ्नो शरिरलाई मृत्युको घाटमा पु-याउँदासम्म पनि दया र धर्मका लागि ऊ लडिरहेको हुन्छ। यहाँ धर्म भन्नाले कुनै एउटा धर्म विशेष नभई सर्वधर्मको कुरा गरिएको हो। ‘सत्याग्रह इन साउथ अफ्रिकामा’ गान्धीले भनेका छन्, ‘प्रेमपछि सत्याग्राहीको सबैभन्दा ठूलो शस्त्र भनेको अहिंसा हो। अहिंसा यस्तो शस्त्र हो जसले प्रेम मात्र बाँड्छ, घृणालाई निस्तेज गर्छ। उनका अनुसार आशक्तिबाट मुक्त हुन मानिसमा हुनैपर्ने कुरा ब्रम्हचर्य पनि हो।

जसरी डा.केसी सुटक्क उठेर मानव सेवामा हिँड्नुहुन्छ त्यसरी हिँड्न मेरो घरपरिवार, मायामोह, भातभान्छाका कारण म सक्दिन। यदि हामी आशक्त भयौं वा हाम्रो लगाव सानो चिजमा भयो भने हामी ठूलो कुरा गर्न सक्दैनौँ। तसर्थ सबै मानिस सत्याग्राही बन्न सक्दैनौं। सत्याग्रहलाई समर्थन गर्न सक्छौं तर सत्याग्राही बन्न सक्दैनौं।

१६ औँ सत्याग्रहसम्म आइपुग्दा डाक्टर केसीलाई धेरै मानिसले भने, ‘यो जिद्दी भइसक्यो, कसैका पनि कुरा सुन्दैन।’ त्यतिखेर मलाई सम्झना हुन्छ नेहरुले लेखेको चिठी। उनले लेखेका छन्, ‘गान्धी हामीले भनेर रोकिनेवाला छैनन्।’ यस्ता मानिस कसैले भनेर पनि रोकिदैँनन्। यस्ता फकिरहरूले समाज, समय र दुनियाँलाई बताउँदै जान्छन् झट्ट सुन्दा सत्य नलाग्ने सत्य वचनहरू ! सायद सत्याग्रह त्यहीँबाट सुरु हुन्छ।

गान्धी यसो पनि भन्छन्, सत्याग्रह नितान्त व्यक्तिगत कुरा हो। यसमा हा¥यो भने एउटा मान्छे हार्छ तर जित्यो भने सबैले जित्छन्। यो सत्याग्रहको अर्को विशिष्टता हो। सत्याग्राहीको अर्को गुण भनेको कहिल्यै नथाक्नु पनि हो। सत्याग्रहको आधार प्रेम, सद्भाव र  करुणा हो। यसर्थ, सत्याग्राहीको समाजमा अत्यन्त खाँचो छ। हामी सबैका मानसिक घाउमा मलम लगाउन एउटा आशाको दियो बाली राख्न हामीलाई सत्याग्राहीको जरुरत पर्छ।

त्यसैले समाजमा उज्यालो टिकाइराख्न कसै न कसैले सत्याग्राही बनिदिन पर्छ। आइन्सटाइनले गान्धीका बारेमा भनेका थिए, ‘पृथ्वीमा एउटा यस्तो मानिस थियो जो लौरो टेकेर एक्लै धोती लगाएर हिँड्थ्यो भनेर विश्वास गर्न भोलिको पुस्तालाई गाह्रो पर्नेछ।’ यहाँनिर यदि हामीले बेलाबेलामा डाक्टर केसीजस्ता मानिस पायौँ भने सत्याग्रह र गान्धी सामान्य नभए पनि असम्भव कुराचाहिँ होइनन् भन्ने हामीलाई अवश्य लाग्नेछ।

अलिकति बहुलठ्ठीपन, अलिकति एक्लो हिँड्ने जिद्दी नभई आज हामी जुन समयमा छौँ त्यहाँ सत्यको आग्रह हुन सक्दैन। मैले जति पनि किताबका ठेली पढेर यहाँ गान्धी र सत्याग्रहको कुरा गरे पनि मैले गान्धीको पदचाप पछ्याएर सत्याग्रहमा बस्न सक्दिन।  डा.केसी जस्तो चटक्क झोला बोकेर जुम्ला जाने, चटक्क झोला बोकेर केदारनाथ पुग्ने, नर्गिस आँधीले तहसनहस पारेको बर्मामा गएर सेवा गर्ने आँट पनि हामी मध्ये धेरै कमलाई मात्र आउँछ।

डाक्टर केसी १६ औँ सत्याग्रहमा हुनुहुन्थ्यो। सबैको चासो के होला, कसो होला भन्ने थियो। तर एउटा विशेष परिस्थितिमा गएर सत्याग्रह टुङ्गियो। तर त्यो अन्त्य थिएन भन्ने हामी सबैले बुझेका छौं। गान्धीको अनुभवले पनि के भन्छ भने एउटा सत्याग्रहले अर्को सत्याग्रहलाई तयार गर्दछ किनभने सत्य बहुआयामिक हुन्छ र त्यसको खोजी एकै चरणमा सम्पन्न हुने काम हैन।

धेरैले भन्ने गरेका छन्, ‘डा.केसी आफैँ स्वास्थ्य मन्त्री वा डिन वा उपकुलपति बने भइहाल्यो नि, आफैले नेतृत्व लिए भइहाल्यो।’ गान्धीलाई पनि मानिसहरूले त्यो नभनेका होइनन्। गान्धीले काँग्रेस पार्टीलाई जीवन दिएर स्वतन्त्रता संग्राम हाँक्न लायक पार्टी बनाए तर एक पटक मात्र सभापति बने। उनलाई बारम्बार आरोप लगाइन्थ्यो, ‘यत्रो ठूलठूलो कुरा गर्छस् आफै आएर गर्नु नि त।’

गान्धी विभिन्न बहाना बनाएर त्यसबाट उम्किए। सत्य के हो भने कोहीकोही मान्छे समाजको विवेक–रक्षक वा ‘कन्साइन्स किपर’का रूपमा सत्ता र शक्तिबाट टाढा रहेर बस्नैपर्छ। एउटा खबरदारी गर्ने मान्छे समाजलाइ हर्दम चाहिन्छ।
बुद्ध धर्मका अनुसार तीन कुराले समाजलाई सन्तुलन गरेको हुन्छ। गृहस्थी वा समुदाय, राज्य वा सरकार अनि ‘रिनाउन्सर’ अर्थात् त्यागी। हामी आफूले खानुभन्दा अघि एक मुठी दान गर्छौँ जुन मठमन्दिरमा जान्छ वा जोगीलाई जान्छ। पुरानो समाजमा सन्तुलनका निम्ति यी तीनै थोक हुन्थे– राजा, प्रजा र सन्यासी। सन्यासी जसको घरबार र जायजेथा हुँदैन। त्यस्ता सन्यासीले राजालाई पनि खबरदार गर्छ, जनतालाई पनि खबरदार गर्छ। गान्धी त्यस्तै खबरदारी गर्ने सत्याग्रही थिए। आजको हाम्रो समाजलाई चाहिएको सत्याग्रही पनि त्यस्तै हो। 

सत्याग्रहको सम्बन्धमा गान्धीले आफ्नो बुझाइ, तरिका सबै बिस्तारै परिवर्तन गर्दै लगिएको देखिन्छ। उनी भन्थे ‘आइ एम अ लर्नर’ म निरन्तर सिकिरहेको हुन्छु। तर अन्त्यमा निचोड के थियो भने, सबैजना सत्याग्रहको लागि तयार हुन सक्दैन। सबै मानिसमा त्यो अनुशासन नहुन सक्छ। कतिसम्म कि अहमदावादको पहिलो सत्याग्रह पछि जब हिंसा हुन थाल्यो उनले त्यसलाई ‘हिमालयन ब्लन्डर’ भनेका छन्।

जब मानिसले समाजमा उकुसमुकुस भएका कुराहरू निकाल्छ तब हिंसा र प्रतिहिंसाका कुरा त्यहाँ जोडिन आउँछन्। त्यतिखेरै गान्धीले भनेका छन् ‘एकले अर्कालाई मार्ने आन्दोलन, आन्दोलन हुन सक्दैन।’ तसर्थ उनले तत्कालै आफ्नो सत्याग्रह रोके। यस्ता थुप्रै प्रयोग गान्धीले आफ्नो सत्याग्रहमा गरेका छन्।

१९८१–८२  देखि म निरन्तर गान्धी धामहरूको खोजी गर्दै हिँडेको छु। साबरमतिदेखि, सदाकत, बर्दादेखि लिएर विभिन्न ठाउँ पुगेर मैले एउटै प्रश्नको उत्तर खोजिरहेँ, के हाम्रो समयमा गान्धी सम्भव छ ? के हाम्रो समयमा सत्याग्रह सम्भव छ ? अहिले फर्किएर हेर्दा गान्धीले हामीलाई धेरै प्रश्न दिएका छन्। तिनै प्रश्नहरूको कठघरामा अहिलेको सभ्यता र समयलाई चुनौती दिन सक्यौँ भने गान्धी प्रश्नवाची पनि छन्  र प्रश्नबाटै सत्यको उजागर हुँदै आउँछ।

उसो भए अहिलेको समयमा सत्याग्रही आन्दोलनका चुनौती के छन् त, अन्तमा यस विषयमा छोटो कुरा गरौँ। हामी अहिले जुन सभ्यता वा सिभिलाइजेसनमा छौँ त्यसको आधार नै हिंसा रहेको छ। म्याक्स वेवर भन्छन्, ‘हरेक राज्यको गर्भमा हिंसा रहेको हुन्छ र त्यो संयन्त्रले अघि बढाउने कुनै पनि अभियानमा हिंसा रहेको हुन्छ। डन्डा नभई राज्य हुँदै हुँदैन।’ तसर्थ यस्तो संरचनामा हामीले अहिंसाको कल्पना कसरी गर्ने यो ज्यादै चुनौतीपूर्ण कुरा छ। तर समाजमा हिंसाले जति जरो गाड्दै जान्छ अहिंस्रक सत्याग्राही आन्दोलनको औचित्य र आवश्यकता पनि उति बढ्दै जान्छ। सत्याग्रह नै हो जसले बेलाबेलामा हिंसापूर्ण समाजमा पनि अहिंसापूर्वक सवालजवाफ गर्दछ।

गान्धी मरिसके तसर्थ भौतिक रूपमा त अब उनी सम्भव छैनन् तर उनले सिकाएका वचनहरूबाट, उनको जीवनबाट हामीले धेरै सिक्न र अहिलेको समाजलाई सुन्दर बनाउन सक्छौँ। अहिले गान्धीले दिएको मूल शिक्षा व्यवहारमा उतार्नु सम्भव छ–प्रश्न गर्ने। सत्याग्रहको सबैभन्दा आधारभूत तथ्य भनेको हामीले एक अर्कालाई सुन्न सक्छौँ कि सक्दैनौँ भन्ने हो। यदि सुन्न र सुनाउन सक्ने, प्रश्न उठाएर जवाफ खोज्ने र रचनात्मक संवाद गर्ने वातावरण रह्यो भने गान्धीको एक हदसम्मको उपस्थिति अहिलेको समाजमा पनि सम्भव हुन्छ। अहिले हाम्रो राजनैतिक नेतृत्व यति दम्भी भएको छ कि यसले सुन्दै सुन्दैन। सत्याग्रहले मूलतः त्यही नसुन्ने मानिसलाई सुन्ने बनाउने हो।

सत्यको खोजी गाह्रो छ।  सत्य पहिल्याउन समाजलाई समग्रमा रूपमा हेर्न जरुरी छ। हाम्रो समाजको अवस्था के हो, हामी कहाँ छौँ र कस्ता कुराले समाजलाई हामी डोहो-याउन सक्छौँ ? तसर्थ सत्याग्राही हुनु भनेको पथप्रदर्शक हुनु पनि हो। सिंगो समाजको पथप्रदर्शक बन्नु निश्चयी पनि सानो कुरा होइन। जबसम्म एकाध मानिसले भए पनि त्यो जोखिम उठाउँछन् र त्यसका लागि आवश्यक बलिदानी दिन तयार हुन्छन् तबसम्म हाम्रो समाजलाई शान्ति र प्रेममय उज्यालो दिशामा लैजाने मार्ग हामीसँग रहिरहन्छ।  
(०७५चैत १५–१६ मा चितवनमा आयोजित मेडिकल साहित्य मेलामा शर्माले दिएको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित: २८ वैशाख २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App