१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्तव्यस्त मन्थली : धुलाे उस्तै, फाेहाेर त्यस्तै (फाेटाेफिचर)

रामेछाप - मन्थलीमा गर्मी बढेसँगै धुलो र प्रदूषणले नगरवासी हैरान हुन थालेका छन्। मन्थलीको सडकमा स्वच्छ हावा पाइएला भनेर कल्पना गर्नु बेकार छ यतिबेला।

सडकमा सवारी साधनको चाप र तीव्र गतिका सवारीसाधनका कारण बजारलगायत आसपास क्षेत्र झनै कुरुप बन्दै गएको छ। 

मुख्य बजारको सडक पक्की भए पनि अधिकांश शाखा सडक कच्ची छन्। सडकका अधिकांश नाला मानव निर्मित संरचनाले अवरुद्ध छन्। जसका कारण सडकका नाला हुँदै बग्ने पानी तथा भलसमेत सडकमा पस्ने.गरेपछि यतिबेला मन्थली कुरुप देखिन थालेको छ।

पानी पर्दा हिलाम्य र घामलाग्दा धुलाम्य हुने समस्याले मन्थली ग्रसित छ। धुलाको कारण मन्थलीको रुप दिन दिनै बिग्रँदै गएको छ। मन्थलीमा दिन दिनै हुने अव्यवस्थित बसोबास र अव्यवस्थित संरचनाको मारमा बजार परेको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App