१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दुर्घटनामा घाइते खेलाडीको निधन

तस्बिरः एजेन्सी

अंकारा –  मिनिबस दुर्घटनामा घाइते भएका चेक रिपब्लिकका राष्ट्रिय फुटबल टिमका सदस्य जोसेफ सुरलको निधन भएको छ।

टर्कीको दक्षिण क्षेत्रबाट फर्कने क्रममा सहकर्मीसँगै आइतबार दुर्घटनामा परेका जोसेफको सोमबार निधन भएको टर्किस क्लब एटेमिज एलनाइस्पोरले जनाएको हो। दुर्घटनामा २८ वर्षे जोसेफसँगै उनका ६ सहकर्मी घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो।

क्लबका अध्यक्ष हसन कायुसोग्लुले बसका चालक निदाएका कारण दुर्घटना भएको जनाएका छन्। उक्त दुर्घटनामा गम्भीर घाइते हुन पुगेका जोसेफलाई अस्पतालको अनौठो प्रयासमा पनि बचाउन असफल भएको क्लबले ट्विटरमार्पmत उल्लेख गरेको छ। आर्सनलका गोलकिपरसमेत रहेका चेक रिपब्लिक टोलीका सदस्य पेटर चेकले आफ्ना सहकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्विटरमा उल्लेख गरेका थिए।

टर्किस फुटबल लिगको अवे खेलबाट फर्किने क्रममा खेलाडी सवार बस दक्षिण क्षेत्रको एलन्यामा दुर्घटनामा परेको थियो। उक्त बसमा टोटेनह्यामका पूर्वडिफेन्डर स्टेफेन काउल्कर र न्युक्यासल युनाइटेडका पापिसे सिसे पनि थिए। स्टेफेन इङ्ल्यान्ड फुटबलका पूर्वसदस्य र पापिसे भने सेनेगलको राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। यद्यपि, उनीहरू भने सुरक्षित रहेको क्लबले जनाएको छ।

क्लबले एक चालकले स्थानीय प्रहरीले हिरासतमा लिई सोधपुछ गरिरहेको उल्लेख गरेको छ। दुवै चालक एकै पटक निदाएकाले ठूलो क्षति हुन पुगेको क्लबका अध्यक्ष हसनले सार्वजनिक गरेका थिए। निधन भएका जोसेफ सन् २०१६ को युरो कपमा चेक रिपब्लिक टोलीका महत्वपूर्ण सदस्य थिए।

उनी टर्किस लिगमा पाँचौं स्थानमा रहेको एटेमिज एलनाइस्पोरबाट अट्याकिङ मिडफिल्डरको रूपमा खेलेका थिए। आइतबार नै आयसेरिस्पोरसँग १–१ को बराबरीमा खेल्नु नै जोसेफको अन्तिम खेले बन्यो।
 

प्रकाशित: १७ वैशाख २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App