१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लगातार फिल्म फ्लप भएपछि तीन खानको गोप्य वार्ता

मुम्बई– बलिउडका तीन खान शाहरुख, सलमान र आमिरबीच गोप्य वार्ता भएको छ। तीन अभिनेताको बैठक बान्द्रास्थित शाहरुखको घरमा बसेको थियो। 

बलिउडमा स्टार अभिनेताको परिचय बनाएका तीन खानका पछिल्ला फिल्म बक्स अफिसमा असफलतातर्फ अग्रसर भइरहेका बेला करियरका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। तीन खानको भेटको पछाडी नयाँ प्रोजेक्ट सँगै गर्ने विषय पनि हुनसक्ने अनुमान गरिएको छ। भविष्यमा तीनै अभिनेता एउटै प्रोजेक्टमा देखिने विषयमा एक अर्कासँग सम्वाद भएको बताइएको छ।

बलिउडमा पछिल्लो समय शाहरुख, सलमान र आमिरको करियर ट्रयाकमा छैन्। तीनै कलाकारका पछिल्लो वर्ष प्रदर्शनमा आएका ठूलो बजेटका फिल्म नराम्रोसँग फ्लप भए। सलमानको रेस ३, आमिरको ठग्स अफ हिन्दोस्तान र शाहरुखको जिरो बक्स अफिसमा असफल ठहरिए।  

पछिल्ला फिल्म फ्लप भएपछि शाहरुख र आमिरले गम्भीरताका साथ नयाँ प्रोजेक्ट हेरिरहेका छन्। शाहरुखले त अहिलेसम्म कुनै नयाँ प्रोजेक्ट लिएका छैनन्। सलमानको भारत प्रदर्शनको तयारीमा छ भने आमिरको आगामी फिल्म लाल सिंह चड्ढा रहेको छ।

प्रकाशित: १३ वैशाख २०७६ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App