१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्युत सर्ट भई आगलागी, पाँच घर जलेर नष्ट

रसुवा– विद्युत सर्ट भएर आगो लाग्दा पाँच घर जलेर नष्ट भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका–१ थाङदोरमा बिहिबार दिउँसो करिब १ बजेबाट आगो लाग्न सुरु भएको हो।

आगोले मेन्दो पासाङ थोक्रा, लक्षिन नेकाेर, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय प्रदीप न्यौपानेले नागरिकलाई बताए। घर जलिसकेपछि मात्रै आगो निभेको नेपाल प्रहरीका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

भौगोलिक विकटता र प्रहरी चौकीबाट टाढा रहेका कारण घर जलिसकेपछि प्रहरी तथा सेना पुगेको थियो। थप क्षति हुन नदिनका लागि नेपाली सेना र नेपाल प्रहरीको टोलीले प्रयास गरिरहेको उनले बताए। थप विवरण आउन बाँकी छ।

प्रकाशित: १२ वैशाख २०७६ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App