१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तनहुँमा नेकपाको एकता टुगिंयो

तनहुँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँको एकता प्रक्रिया टुगिंएको छ। लामो रस्साकस्सीपछि तनहुँमा स्थानीय तह र वडा तहको एकिकरण टुंगिएको हो। 
जिल्लामा दश स्थानीय तह र ८५ वडा रहेका छन्। मंगलबार नेकपा प्रदेश कमिटीको पोखरामा बसेको बैठकले गाउँ तथा नगर कमिटीमा रहने अध्यक्ष र सचिवमा नाम टुंगो लगाएसँगै एकता प्रक्रियाले मुर्तरुप पाएको हो। वडा तहको एकता यसअघि नै भईसकेको थियो। 
दश स्थानीय तह रहेको जिल्लामा तत्कालिन एमाले र माओवादी केन्द्रलाई बराबरी भागबण्डा गरिएको छ। तत्कालिन एमालेले तीन नगरपालिका र दुई गाउँपालिकामा अध्यक्ष पाएको छ। यस्तै तत्कालिन माओवादीलाई एक नगरपालिका र चार गाउँपालिकामा अध्यक्ष दिने गरी भागवण्डा मिलाइएको छ। एमालेले अध्यक्ष पाएको स्थानीय तहमा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाएको तहमा एमालेले सचिव पाउने गरी एकता भएको हो।
भागबण्डा अनुसार ब्यास नगरपालिका, भानु, शुक्लागण्डकी, घिरिङ गाउँपालिका र ऋषिङ एमालेले अध्यक्ष पाएको स्थानीय तह हुन्। भिमाद नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर, म्याग्दे र देवघाट माओवादीको पोल्टामा परेको छ। 
आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको यसअघि नै एकता भईसकेको थियो। घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा  र सचिवमा भुवन बिक तथा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ चयन भएका थिए।  
ब्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सिताराम अधिकारी, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्तिनाथ तिम्सिना र सचिवमा बुद्धीसागर रिमाल चयन भए। ऋषिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिं गुरुङ र सचिवमा विरु थापा चयन भएका छन् ।
यस्तै भिमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमानबहादुर थापा छनोट भएका छन्। बन्दिपुर गाउँपालिकाको अध्यक्षमा विद्या क्षत्री र सचिवमा जीवन कायस्थ्य, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलबहादुर नेपाली र सचिवमा सोम आले र देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने चयन भएका छन्। 
जिल्लामा वडा तहको एकिकरण भने यसअघि नै पुरा भईसकेको थियो। नेकपा जिल्ला सयंन्त्रको बैठकले तनहुँका दश स्थानीय तहका ८५ वटै वडाको एकता गराएको हो। 
यसअघि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको भागबण्डा टुंग्याएको थियो। एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गरिएको हो। तनुहुँको अध्यक्ष एमालेबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका केदार सिग्देल र सचिव माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने बनेका छन्।  

 

प्रकाशित: ११ वैशाख २०७६ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App