१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विभागीय टोली हाबी

भैरहवा - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोलीले  वर्चस्व जमाएका छन्। भैरहवामा सम्पन्न समूह ‘ए’ तर्फ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा पुगेका छन्।

लिग चरणअन्तर्गत आइतबार भैरहवाको सिद्धार्थ रंगशालामा सम्पन्न अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २ रनको झीनो अन्तरले पराजित गर्दै समूहविजेता बनेको हो। टस जितेर ब्यटिङ रोजेको एपिएफले १९ दशमलव ५ ओभरमा आउट हुँदैं १ सय १५ रनको योगफल तयार गरेको थियो। एपिएफका लागि प्रदीप ऐरीले ४२ बलमा ४० रन बनाए भने शंकर रानाले २० र अनिल साहले १६ रन बनाएका थिए।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ दशमलव ५ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। यस्तै राम नरेश गिरी र ललित राजवंशीले समान २÷२ तथा आारिफ शेख र सागर ढकालले १/१ विकेट लिएका थिए। प्रत्युत्तरमा १ सय १४ रनको लक्ष्यसहित मैदानमा आएको पुलिसले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ रन मात्र बनाउन सक्यो। उसका लागि आरिफ शेखले २४, दीपेन्द्रसिंह ऐरीले २३ तथा दिलीप नाथले १८ रन बनाए।

बलिङतर्फ एपिएफका कमलसिंह ऐरी र भुवन कार्कीले समान २÷२ विकेट तथा शरद् भेषावकरले १ विकेट लिएका थिए। अन्तिम ओभरमा बल फालेका कमलसिंह ऐरीले किफायती बलिङ गरेको कारण उनी म्यान अफ दी म्याच घोषित भए।
 

प्रकाशित: ९ वैशाख २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App