१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरालाई विश्व सम्पदा सूचीमा समेट्न माग

ताप्लेजुङ–३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई  विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ। 

पाथीभरा मन्दिरमा आइतबार सम्पन्न जिल्ला समन्वय समिति महासंघ १ नं प्रदेश समन्वय कमिटीको सातौं विशेष बैठकले पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो।

११ जिल्लाका समन्वय समिति प्रमुख,उपप्रमुखलगायत पदाधिकारी तथा सदस्यको भेलाले ३ वटा महत्वपूर्ण निर्णयका साथ सकिएको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले जानकारी दिए। उनका अनुसार बैठकले पाथीभरा मार्गको सुकेटारदेखि काफ्ले पाटीसम्मको कच्ची सडक कालोपत्रे तथा काफ्ले पाटी देखि पाथीभरा मन्दिर सम्मको पदमार्ग स्तरोन्नती गर्न संघीय तथा प्रदेश सरकारलाई विशेष अनुरोध गर्ने निर्णय पनि गरेको छ।

‘यि निर्णय कार्यान्वयनका लागि जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटीले संघीय तथा प्रदेश सरकार समक्ष विशेष प्रस्ताव लैजाने छ।’ बैठकमा सहभागी जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिव ढुङ्गानाले भने। बैठकमा मोरङ,झापा र सुनसरी बाहेक प्रदेश नम्बर १ का अरु ११ वटा जिल्लाका समन्वय समिति प्रमुख,उपप्रमुख र प्रदेश कमिटीमा आबद्ध सदस्य तथा पदाधिकारीको उपस्थिति रहेको ताप्लेजुङका जिल्ला समन्वय अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए।

प्रकाशित: ८ वैशाख २०७६ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App