१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दुवै पुलिस सेमिफाइनलमा

भैरहवा - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपाल पुलिस  र सशस्त्र प्रहरी बलको एपिएफ क्लब  सेमिफाइनलमा प्रवेश गरेका छन्।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ५ विकेटले हरायो। पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले  १९.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन बनायो। गण्डकीका लागि आकाश थापाले २० र गोविन्द प्रधानले १२ रनको योगदान गरे। बलिङतर्फ एपिएफका भुवन कार्कीले ३ र यज्ञमान कुमालले २ विकट लिए। जबाफमा एपिएफले १४ ओभरमा ५ विकट गुमाउँदै ७५ रन बनाउँदै विजयी भयो। एपिएफका शंकर रानाले ३५ र प्रदीप ऐरीले २१ रन बनाए। बलिङतर्फ गण्डकी प्रदेशका करण केसीले ३ विकेट लिए। खेलमा सशस्त्रका भुवन कार्की म्यान अफ दी म्याच घोषित भए।

शनिबारकै दोस्रो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले हराउँदै सेमिफाइनल प्रवेश ग-यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले  २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनायो।  खडक बोहराले ४८ र शेर मल्लले ३७ रनको योगदान गरे। बलिङतर्फ पुलिसका ललितराज भण्डारी, रामनरेश गिरी, आरिफ शेखले १÷१ विकेट लिए। जबाफमा पुलिसले ब्याटिङ गर्दै १७.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७ रन बनाएर खेल जितेको हो। पुलिसका अमित श्रेष्ठले ३५ र सुनील धमलाले ३२ रनको योगदान गरे। सुदूरपश्चिमका लागि नरेन्ı साउद र शेर मल्लले २÷२ विकेट लिए। म्यान अफ दी म्याच पुलिस का अमित श्रेष्ठ  भए।

प्रकाशित: ८ वैशाख २०७६ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App