१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता साझेदार दलका नेताबाटै सरकारकाे चर्काे अालाेचना

ताप्लेजुङ–राष्ट्रिय प्रजातन्त्र पाटीका सहायक महामन्त्री भुवन पाठकले बर्तमान सरकारले परराष्ट्र नीति असामान्य बनाएको आरोप लगाएका छन्। सत्ता साझेदार दलकै नेताले सरकारको आलोचना गर्दै परराष्ट्र नीति कमजोर हुुुँदा नेपाल र नेपाली माथि खतरा बढ्ने तर्फ सचेत हुुनुुपर्ने पनि बताए। नेस्नल डेमोक्र्याटिक इन्स्टिच्युुट(एनडिआई) को सहयोगमा राप्रपा केन्द्रीय प्रशिक्षण बिभागले बुधवारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा आयोजना गरेको कार्यक्रममा पाठकले यस्तो बताएका हुुन्।

उनले सरकारले पुुर्णता नपाउदै दुुई उप प्रधानमन्त्रीलाई भारत भ्रमणमा पढाएर कुुटनीतिक मर्यादा मिचेको आरोप लगाए। भारत भ्रमणका बेला भारतीय समकक्षीसँग मिलेर जारी गरिएको २५ बुुँदे बिज्ञप्ति परराष्ट्र नीतिलाई असन्तुुलित बनाउने खालको रहेको उनको तर्क थियो । पाठकले भारत र पाकिस्तानबीचको संवन्धमा देखिएको चिसोपनाका कारण स्थगित भएको सार्क सम्मेलनको अन्योलता हटाउन पनि सरकार असफल रहनुुले बर्तमान सरकार कुटनीतिक मामलामा कमजोर सावित भएको बताए ।

संबिधान कार्यान्वयनमा बिभिन्न उल्झन देखा परिरहेका बेला निर्धारित समयमा स्थानीय, प्रदेश र संघीय संसदको चुुनाव नभए संबिधानको भबिष्य संकटमा पर्ने पाठकको दाबी थियो। गाँउ पालिकाका प्रमुुख र उप–प्रमुुख तथा संघीय संसदका सदस्यहरुले राष्ट्रति र उपराष्ट्रपतिलको निर्वाचनमा भाग लिने पाउने संबैधानिक व्यवस्थाका कारण यि तहको निर्वाचन नभए संबिधान कार्यान्वयनमा समस्या आउने तर्क समेत पाठकले गरे। उनले परिस्थिति हेर्दा सरकार तत्काल चुुनावका लागि वातावरण बनाउन तयार नदेखिएको पनि बताए। पाठकले तीनै तहका निर्वाचनलाई अर्जुुन दृष्टिमा राखेर संगठन निमार्णमा जुुट्न कार्यकर्ताहरुलाई आह्वान पनि गरेका छन् ।

राप्रपा नेपाल संगको स्थगित एकिकरण प्रकृयाले तिहार अघि नै मुुर्त रुप पाउने भन्दै पाठकले एकिकरण हुनेमा ढुुक्क रहन कार्यकर्तालाई आस्वास्त पनि पारेका छन्। बुुधबार र बिहीबार चल्ने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमममा राप्रपाका ५० जना अगुुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रममा पाटीको सैद्धान्तिक अवधारणा, संगठा निमार्ण र संगठनको समस्या र समाधानका उपाय बारे पाठक सहित केन्द्रिय सदस्य द्धय ठाकुुरसिंह थारु र राजेन्द्र गुुरुङ तथा एनडिआईका तर्फबाट सुुस्मिता सुुब्बा मानन्धर र सुुकृति शाहले सहजीकरण गर्नेछन् ।

 

प्रकाशित: ३ कार्तिक २०७३ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App