१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमालयन शेर्पालाई रोक्दै दार्जिलिङ फाइनलमा

बल अगाडि बढाउने प्रयासमा दार्जिलिङ (रातो)का खेलाडी। तस्बिर ः गिरिराज÷नागरिक


पाँचथर - निक्कै कठिन तथा रोचक प्रतिस्पर्धामा हिमालयन शेर्पा क्लब काठमाडौँलाई हराउदै पाउना टोली दार्जिलिङ युनाइटेड भारत सदरमुकाम फिदिममा जारी तेश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ।

शनिबारको अन्तिम सेमीफाइनलमा सडन डेथमा हिमालनय शेर्पालाई दार्जिलिङले हराएको हो। सडन डेथमा १–० ले दार्जिलिङ विजयी भएको हो। 

दार्जिलिङले जितसँगै फाइलनमा डीएफसी मोरङसँग भेट सुनिश्चित गरेको छ। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। दुवैको पाँच–पाँच गोल भएपछि खेल सडन डेथ पुगेको थियो।

सडन डेथमा हिमालयन शेर्पाका ड्याडी वाम्बाले गोल गर्न नसक्दा हिमालयन सेमिफाइनमा स्तब्ध हुदै खेलबाट बाहिरीएको हो। 

 

 

प्रकाशित: ३० चैत्र २०७५ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App