१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिँचाइ र जलविद्युत् आयोजनाले माछा विनाश तीव्र

काठमाडौं- नेपालमा निर्माण हुने सिँचाइ र जलविद्युत् परियोजनाका कारण यहाँका खोलानालामा माछा सकिँदै गएको पाइएको छ। एसियाली विकास बैंक (एडिबी)ले गरेको एक अध्ययनले यस्तो संकेत गरेको हो। उक्त अध्ययनले नेपालका खोलानालाका माछा जोगाउने हो भने जलविद्युत् र सिँचाइ परियोजना निर्माण गर्दा विशेष उपाय अपनाउन सुझाएको छ।

उक्त अध्ययनअनुसार नेपालका विभिन्न नदीमा निर्मित एवं निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध र सिँचाइ परियोजनाका कारण जलचरको संख्या ह्वात्तै घटेको छ। कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कुलेखानी, खिम्ती र त्रिशूली जलविद्युत् आयोजना तथा बबई सिँचाइ परियोजनामा केन्द्रित रहेर गरिएको ‘नेपालका नदीमा बाँध र त्यसको माछामा असर’ विषयको अध्ययनले जलचर घटेका देखाएको हो। देशभरि दुई सय ३३ बाँध निर्माण भएका र तिनमा माछाका निम्ति पर्याप्त खेल्ने र पौडिनेस्थल अभावका कारण प्रजननमा समेत प्रभाव परेकाले जलचर संरक्षणतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।

प्रकाशित: २९ चैत्र २०७५ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App