१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफको कठिन जीत

सर्लाही- हिमालयन शेर्पा क्लब काठमाडौंलाई १—० ले हराउँदै एपएिफ क्लब सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा एपिएफकाका सन्तोष श्रेष्ठले निर्णायक  गोल गर्दै टिमलाई जीत दिलाए। एपिएफका कप्तान टोप विष्टले गरेको प्रहार हिमालयनका रक्षकको खुट्टामा लागेर फर्किएको बल नियन्त्रणमा लिँदै सन्तोषले जाली चुमाएका हुन्।

मध्यान्तर हुनु ५ मिनेट अगाडि हिमालयन शेर्पाका विजय श्रेष्ठले गरेको सशक्त प्रहार एपिएफको गोलपोष्टको क्रसबारमा लागेर फर्किएको थियो। अफ्रिकन खेलाडी प्याट्रिक प्राईभेटले डिबक्स भित्रबाट सशक्त प्रहार गरेको बल पनि गोलपोष्ट भन्दा केही परबाट बाहिरिदा हिमालयन शेर्पाले अग्रता लिने मौका गुमायो। आप्mना खेलाडीले पटक–पटक गोलपोष्टमा सशक्त प्रहार गरेपनि गोलमा परिणत हुन नसक्दा हिमालयन शेर्पाले अन्ततः एपिएफलाई १–० को नतिजा सुम्पन बाध्य भयो। ३ जना अफ्रिकन खेलाडी सहित मैदानमा उत्रिएको हिमालयन शेर्पा पटक–पटक उसका खेलाडीले गरेको गोलपोष्ट आक्रमण असफल हुँदा अभागी सावित हुँदा प्रतियोगिताबाटै बाहिरिएको छ।
हिमालयनविरुद्ध कठिन जीत हात लागेको एफिएफका प्रशिक्षक सुदिप श्रेष्ठले स्वीकारे। प्रथम पुरस्कार १० लाख नगद सहित राजर्षि जनक कप तथा दोश्रो पुरस्कार ५ लाख रुपैंया रहेको प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमति युवा क्लब निलो र रुस्लान थ्रिस्टार क्लब काठमाडौंबीच खेल हुने आयोजक समितिका संयोजक दिपक लामाले जानकारी दिए।

 

प्रकाशित: २७ चैत्र २०७५ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App