२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाही - सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता बालिकाहरु राती अबेर पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

इँटा उद्योगमा कार्यरत मजदुरले खाल्डोमा जमेको पानीमा बालिकाहरुको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै मृतकको शव पोष्टमार्टमका लागि राती ११ बजे सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। इँटा बनाउनका लागि माटो निकालेर बनेको खाडलमा जमेको पानीमा बालिकाहरु डुबेको प्रहरीले बतायो। घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App