१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मानसिक तनावमा ब्रिटनी

लसएन्जल्स– अमेरिकी गायिका ब्रिटनी स्पीयर्स यतिबेला मानसिक तनावमा छिन्। उनी तनावमा हुने कारण उनका पिता जेमी स्पीयर्स हुन्। पिताको स्वास्थ्य दिनानुदिन बिग्रँदै गएपछि ब्रिटनी मानसिक तनावमा परेकी हुन्। मानसिक अवस्था बिग्रेकै कारण उनले मानसिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण पनि गर्नुपरेको छ।

आफ्ना पिता गम्भीर रूपमा बिरामी भएपछि ‘टोक्सिक’ हिटमेकर ब्रिटनी समस्यामा छिन्। यही समस्याबाट हल पाउनका लागि उनले मानसिक स्वास्थ्य निदान केन्द्र जाने निर्णय नै लिनुप-यो। ‘आफ्नो पितालाई गुमाउनुपर्ने हो कि भन्ने मानसिक तनावले उनी ग्रस्त भइसकेकी छन्। ब्रिटनीका लागि उनका पिता एउटा चट्टान सरह हुन्। त्यही कारण चट्टान सरह पिता बिरामी अवस्थामा देखेपछि उनको हृदय पोलेको छ’, ब्रिटनीकी एक साथीले भनेकी छन्, ‘यही कारण पनि ब्रिटनी घरबाट बाहिर निस्कन पाएकी छैनन्। हालैमात्र जेमीको सर्जरी पछि ब्रिटनी यति चिन्तित र डराएकी छन् कि अब आफूले के गर्ने भन्ने सम्झन पनि सकेकी छैनन्।’

ब्रिटनी स्वास्थ्य परीक्षणकै लागि एक अस्पतालमा गत साता पुगेकी थिइन्। उनले त्यहा झण्डै एक महिनासम्म स्वास्थ्य परीक्षण गर्नेछिन्।

प्रकाशित: २६ चैत्र २०७५ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App