१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुवान्डा नरसंहारमा मारिएकाको सम्झना

रुवान्डा नरसंहारमा ज्यान गुमाएकाको सम्झनामा राजधानी किगालीस्थित नरसंहार मेमोरियलमा आयोजित कार्यक्रममा ज्योति प्रज्वलन गर्दै राष्ट्रपति पल कागामेलगायतका वरिष्ठ व्यक्तित्व । तस्बिर: एजेन्सी

किगाली– आठ लाखभन्दा बढी मानिसको ज्यान जाने गरी २५ वर्ष अघि भएको रुवान्डा नरसंहारमा मारिएकाको सम्मानका लागि गरिने विविध कार्यक्रमको आइतबार औपचारिक सुरुवात गरिएको छ।

२५ वर्ष अघि तीन महिनासम्म चलेको नरसंहारका क्रममा देशको जनसंख्याको कुल १० भागमध्ये एक भागको ज्यान गएको थियो। सो नरसंहारमा मारिनेमा अधिकांश तुत्सी जातिका मानिस थिए भने केही बहुसंख्यक हुटुस जातिका मानिस पनि रहेका थिए।

२५ वर्षअघिको नरसंहारमा मारिएकाको सम्झनामा रुवान्डाभर सय दिन सम्म विविध कार्यक्रम गरिने भएको छ। सय दिनसम्म चल्ने सम्मानका कार्यक्रमहरुको आइतबारबाट औपचारिक सुरुवात गरिएको हो।

सन् १९९४ मा भएको सो नरसंहार अन्त्य गर्नका लागि विद्रोही समूहको नेतृत्व गरेका र हाल रुवान्डाका राष्ट्रपति रहेका पल कागामेले मारिएकाको सम्झनामा राजधानी किगालीमा ज्योति प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन्।

‘अब लाखौं मानिस मारिने नरसंहार  कहिले नहोस् भनेर मृतकको सम्झना आवश्यक रहेको छ,’ नरसंहारमा बाँचेका २६ वर्षीय ओलिभ मुहोराकेएलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

नरसंहारमा मारिएकामध्ये दुई लाख ५० हजार पीडितलाई गाडिएको ठाउँमा ज्योति प्रज्वलन गरिएको बताइएको छ। राष्ट्रपतिले गरेको ज्योति प्रज्वलन सय दिनसम्म बलिरहने बताइएको छ।

मृतकको सम्मानका लागि आयोजित कार्यक्रमको औपचारिक सुरुवातपछि नरसंहार अन्त्य भएदेखि रुवान्डाको नेतृत्व गरेका ६१ वर्षीय राष्ट्रपति कागामेले किगाली सम्मेलन केन्द्रमा सम्बोधनसमेत गरेका छन्।
नरसंहारमा बाँचेकाको सहास र अप्ठेरोले रुवान्डाको मौलिकताको प्रतिनिधित्व गरेको सम्बोधनका क्रममा राष्ट्रपति कागामेले बताए।

प्रकाशित: २५ चैत्र २०७५ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App