१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रेडक्रसमा पहिलो महिला सभापति

रुकुम– नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) शाखाको सभापतिमा अधिवक्ता रमा गौतम निर्वाचित भएकी छिन्। शनिबार उद्धघाटन भएको शाखाको १५ औं अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। नयाँ नेतृत्वका लागि अन्य धेरै जनाको आकांक्षा भए पनि अन्तिम समयमा सहमतिमा नेतृत्व छनौट गरिएको थियो। रेडक्रस शाखाको महिला सभापति भएको यो पहिलो पटक हो।

शाखाको उपसभापतिमा अमरसिंह खड्का र दिपा डाँगी निर्वाचित भएका छन्। यस्तै मन्त्रीमा टेकबहादुर खड्का र कोषाध्यक्षमा यज्ञबहादुर केसी निर्वाचित भएको निवर्तमान सभापति शिवराम खत्रीले जानकारी दिए। नेपालका सबै शाखाहरुमा पुरुष सभापति भएको यहाँ मात्र महिला सभापति भएको उनले जनाए। अधिवेशनको राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीले उद्घाटन गरेका थिए। 
अधिवेशनमा जिल्लाका विभिन्न ठाउँमा रहेका उपशाखाहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरुले पदभार समेत ग्रहण गरेका छन्। आइतबार उनीहरुले पदभार ग्रहण गरेका हुन्।

प्रकाशित: २४ चैत्र २०७५ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App