१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाल्पामा कृषि, पर्यटन तथा सांस्कृतिक मेला सुरु

पाल्पा - पाल्पाको तानसेन नगरपालिका ७ बाँसटारीमा कृषि, पर्यटन तथा सांस्कृतिक मेला सुरु भएको छ।

बाघखेल मैदान निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको मेलाको पूर्वद्योगमन्त्री सोमप्रसाद पाण्डेले बिहीबार उद्घाटन गरेका हुन्। विभिन्न झाँकीसहित तानसेन प्रभास क्षेत्र परिक्रममा गरी मेला उद्घाटन गरिएको थियो।

वैशाख २ गतेसम्म चल्ने मेला उद्घाटन गर्दै पूर्वमन्त्री पाण्डेले कम्युनिस्ट सरकारले जनताको भावना बुझेर काम गर्दै आएको उल्लेख गरे। 

मेलामा दुई करोड बढी रुपैयाँको कारोबार र एक लाख दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएकोे संयोजक एवं वंशगोपाल युवा क्लवका अध्यक्ष प्रदीप खनालले बताए। 

मेलामा धार्मिक, तथा पर्यटकीय स्थलको फोटो प्रदर्शनी, स्थानीय लोक संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ।

प्रथम हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने भलिबल खेल महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको तानसेन नगरपालिका ७ का वडाध्यक्ष मुक्तिराम जिसीले बताए। 

मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै स्थानीय खानाका परिकार, बालउद्यान, फोटो प्रदर्शनी, मौरीको मह काडेर खान पाइने व्यवस्था गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुरेश बोहोराले बताए। मुख्य व्यापारिक तथा सहरी क्षेत्रभन्दा बाहिर पहिलो पटक यस्तो मेला आयोजना गरिएको बोहराले बताए। मेला स्थलमा हट एयर बेलुन पनि उठाइनेछ। 

मेला वंशगोपाल युवा क्लबको आयोजनामा सुरु भएको हो। 

 

प्रकाशित: २२ चैत्र २०७५ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App