१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२४ औँ वन्यजन्तु सप्ताह तथा १० औँ रेडपाण्डा ट्रफी सञ्चालन हुने

रसुवा– रसुवामा २४ औँ वन्यजन्तु सप्ताह तथा १० औँ रेडपाण्डा ट्रफी कार्यक्रम सञ्चालन हुने भएको छ।

पर्यटकीयस्थलहरूको प्रवर्धन र विकास गरी जिल्लाबासीको जीवनस्तरमा सुधार ल्याउनका लागी हरेक वर्ष यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। मिनि–रसुवा महोत्सवको रूपमा हेरिने यो कार्यक्रम वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने छ। वन्यजन्तु सप्ताहको अवसरमा हरेक वर्ष लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यक्रमको आयोजना गर्दै आएको हो।

यो वर्ष लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाईकुण्ड गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका छन्। बिहीबारदेखि तयारी सुरु गरिएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

‘सन् २०१९ लाई पालिका भ्रमण वर्षको रूपमा मनाउन लागिएको छ,’ उनले भने, हामीले यो वर्षको कार्यक्रमलाई सोही ढाँचामा सञ्चालन गर्न लागेका छौँ।’ सात दिनसम्म सञ्चालन हुने कार्यक्रमको लागि कार्ययोजना तय भएको छ।

वैशाख १ गते कार्यक्रमको उद्घाटन गरिने छ। वैशाख २ गते लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने चरा अवलोकन गरिने छ। निकुञ्जमा पाइने चराबारे जानकारी दिनका लागि चरा अवलोकनको कार्यक्रम राखिएको निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए।

पर्यटकीय स्थलको स्थलगत भ्रमण अन्तर्गत टिमुरेमा रहेका ऐतिहासिकस्थल रसुवागढीको अवलोकन गर्नुका साथै स्थानीय सांस्कृतिक प्रदर्शनी गरिने छ। साथै, बृद्धिम तथा थुमनबा होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ।

रेडपाण्डा ट्रफी भलिबल तथा ब्याटमिन्टन, वक्तृत्वकला, पर्यटकीय स्थलको स्थलगत भ्रमण, पर्यटन विकास र प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया, स्थानीय कला र संस्कृति प्रतियोगिता, आगलागी नियन्त्रण तथा पहिरोबाट बच्ने, बचाउने तथा उद्धार कार्यक्रम र हरित साँझ सञ्चालन गरिने आयोजकले जनाएको छ।

सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने कार्यक्रमलाई सहयोग पु-याउने हिसाबले कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए।

 

प्रकाशित: २१ चैत्र २०७५ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App