२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रस्तावित न्यायाधीशको सुनुवाइका लागि बैठक बस्दै

काठमाडौं – न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्चका पाँचजना न्यायाधीश विरुद्ध उजुरी दिन शुक्रबारबाट दस दिनको समय तोक्ने तयारी भएको छ। संसदीय सुनुवाइ समितिले मंगलबार न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका पाँच न्यायाधीशविरुद्ध उजुरीको समय तोक्नका लागि बिहीबार बिहान बैठक बोलाएको छ।

हीबार बस्ने बैठकले शुक्रबारबाट सुरु हुनेगरी उजुरी आह्वानको निर्णय गर्न लागेको समिति सचिवालयले जनाएको छ। न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको पत्र संसदीय सुुनुवाइ समितिमा मंगलबार नै पठाएको थियो।

न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्च अदालतका लागि सिफारिस गरेका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, कानुन व्यवसायीबाट मोरङका पूर्वमहान्यायाधिवक्ता हरि फुँयाल, काठमाडौंबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २१ चैत्र २०७५ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App