१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलको एक कारागारमा झडप, २५ जना कैदीको मृत्यु

रियो दि जेनेरियो–ब्राजिलको उत्तरी भागमा रहेको एक कारागारमा कैदीबीच झडप हुँदा २५ जना कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलको उत्तरी राज्य रोरानीयाको वोवा भिस्टा सहरमा रहेको एक कारागारमा कैदीका दुई समूहबीच झडप हुँदा २५ जनाको मृत्यु भएको हो ।

कारागारमा रहेका कैदीलाई भेट्न आफन्तहरु आएको समयमा झडप सुरु भएको र झडपका क्रममा कैदीले लाठी र चक्कुको प्रयोग गरेका थिए। उक्त झडपका क्रममा एक सय भन्दा बढी कैदीका आफन्तलाई समेत नियन्त्रणमा लिइएको र पछि छाडिएको प्रहरीले बताएको छ ।

झडपमा मारिएका २५ कैदीमध्ये सात जनाको टाउको काटिएको छ भने ६ जनाको जलाएर हत्या गरिएको प्रहरीले बताएको छ । त्यहाँको राज्य सरकारले भने प्रारम्भिक अनुसन्धानबाट झडपमा २५ जनाको मृत्यु हुनका साथै धेरेै मानिसहरु घाइते भएको तर मृतकको यकिन तथ्य नआएको जनाएको छ ।  ७ सय ४०  जना कैदी राख्ने क्षमता भएको उक्त जेलमा १४ सय कैदी राखिएको थियो।प्रहरीले हाल स्थिति नियन्त्रणमा आएको बताएको छ ।

 

प्रकाशित: १ कार्तिक २०७३ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App