१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माइकल क्लर्कले भने–सन्दिप हाम्रो युवा साथी

सिड्नी–अस्ट्रेलियका पूर्व क्रिक्रेटर तथा पूर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आफ्नो  युवा  साथी भएको र उनलाई आफू सहयोग गर्न सँधै तयार रहेको बताएका छन्।

सिड्नीमा सोमबार आयोजित आफ्नो जिवनीमा आधारित ‘माइ स्टोरी  माइकल क्लार्क’ नामक पुस्तकको सार्वजनिक कार्यक्रममा फेसबुक लाइभमा आएका क्लार्कले भने, ‘सन्दिप लामिछाने एक उदयमान युवा क्रिक्रेटर हुन् र उनलाई यस क्षेत्रमा अगाडि बढ्न म सँधै सहयोग गर्न तयार छु।’

उनले सन्दिपले आफ्नो क्रिक्रेट एकेडेमीबाटसमेत राम्रो खेल खेलको भन्दै प्रसंंशा गरेका छन्।  क्लार्कले भने, ‘अस्ट्रेलिया र नेपालको क्रिक्रेट पिचको कन्डिसन फरक छ त्यसैले सन्दिपले क्रिक्रेट खेलमा अझै  रमाउँदै  धेरै सिक्न बाँकी छ र उनलाई सहयोग गर्न म सँधै तयार छु।’

उनले सन्दिपलाई छिट्टै अन्तर्राष्ट्रिय टि–२० क्रिक्रेटमा देख्न सकिने र उनले अझ राम्रो गर्न सक्ने बताए । क्लर्कको फेसबुक लाइभका क्रममा सन्दिपसमेत देखिएका थिए। सन्दिपले आफू सँधै क्रिक्रेट खेलमा लाग्ने र यसका लागि आफूले मेहनत गरेको समेत बताए। उनले नेपाली क्रिक्रेटलाई एक नयाँ उचाइमा लानका लागि आफू सँधै तयार रहेको  बताए।

प्रकाशित: १ कार्तिक २०७३ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App