१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा पुल भाच्चिँदा ८ जनाको मृत्यु

बाली–इन्डोनेसियाको बालीमा रहेको एक पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बालीमा रहेको एक रिसोर्ट नजिकै रहेको दुई साना द्विप जोड्ने पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएका छन्।

अधिकारीहरुका अनुसार उक्त पुल पारि रहेको एक मन्दिरमा भैरहेको समारोहमा सहभागी हुन जाने भक्तजनहरु पुल तरिरहँदा अचानक पुल भाच्चिँएको र उक्त दुर्घटना भएको हो। उनीहरुले दुर्घटनाको समयमा उक्त पुलमा कति जनाको संख्यामा भक्तजन थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने बताएका छन् । उनीहरुले हाल उद्धार कार्य जारी रहेको बताएका छन् । स्थानीयवासीले भने उक्त पुल पहिलेदेखि नै जिर्ण रहेको र यसको मर्मतमा सरकारले ध्यान नदिएका कारण उक्त दुर्घटना भएको बताएका छन्।
 

 

प्रकाशित: १ कार्तिक २०७३ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App