१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हावाहुरीले दुई मिनेटमा खण्डहर बन्यो पुरैनिया

बारा (पुरैनिया)- आईतबार साँझ ७ बजे तिर दुई मिनेट चलेको हुरीले फेटा गाउँपालिका-३, पुरैनिया गाउँ खण्डहर बनेको छ। पुरैनिया निवासी ७२ वर्षीय सफी मोहम्मदले भने, "एक्कासी आगोको गोला जस्तो सट्टै आयो केही थाहा भएन, दुई मिनेटजति अन्धकार भयो, पछि देख्दा त गाउँ नै ध्वस्त भईसकेछ।"

जीवनमा पहिलोपटक यस्तो विपद् देखेको उनले बताए। अस्तव्यस्त बनेको पुरैनियामा कतै महिलाहरु रोईरहेका त कतै भग्नावशेष हटाईरहेको दृष्य देखिन्छ। पशुचौपाया मरेर यत्रतत्र लडिरहेका छन्। घरहरु भत्केर खण्डहर गाउँमा घना बाँसका झाङ समेत हुरीले उखेलेर उल्टाएको छ। विजुलीका पोल, ट्रान्सफर्मर समेत हुरीले उडाएको छ। घरघरमा विजुलीका तार छरपष्ट छन्। स्थानीय सन्त्रासपूर्ण अवस्थामा छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सुरक्षाकर्मी उद्दारमा व्यस्त छन्। छिटफुट राहत वितरणको काम समेत भईरहेको छ।

आइतबार आएको हावाहुरीका बारा र पर्सामा २८ जनाको ज्यान भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन्। घाइते मध्ये ६ जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

प्रकाशित: १८ चैत्र २०७५ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App