१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिग : सिटी फेरि शीर्षमा

लन्डन – फुलह्यामलाई २–० ले हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। शनिबार फुलह्यामको घरेलु मैदान क्राभेन कटेजमा भएको खेलमा सिटीले नतिजा आफ्नो पक्षमा पारेको हो।

खेलको पाँचाैं मिनेटमा बर्नाडो सिल्भाले गरेको गोलमा सिटीले अग्रता लिएको थियो। २७औं मिनेटमा सर्जियो अग्विरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

यस जितपछि ३१ खेलमा ७७ अंक जोडेको सिटी शीर्ष स्थानमा फर्किएको हो। जुन समान खेल खेल्दै दोस्रो स्थानमा झरेको लिभरपुलभन्दा मात्र एक अंक बढी हो। ३० खेलमा ६१ अंकका साथ टोटेनह्याम तेस्रो स्थानमा यथावत् छ भने म्यानचेस्टर युनाइटेड ६१ अंकका साथ चाैंथाे स्थानमा छन्। २९ खेलबाट आर्सनल ६० अंक जोड्दै पाँचाैं र चेल्सी ५७ अंकका साथ छैटौं स्थानमा छ।

प्रकाशित: १७ चैत्र २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App