लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

बिहिबार, १४ चैत २०७५, ०७ : ३५ मातृका दाहाल  | @Dahalmatrika

काठमाडौं - गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो। यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए। राष्ट्रिय अनुसन्धान विभागले २ सयभन्दा बढी जनशक्ति तैनाथ गरेको छ।

सम्मेलनमा भाग लिन ३१ देशबाट ६ सय ९ पाहुना आउने भएका छन्। सम्मेलनलाई प्रभाव पार्ने गतिविधि हुन नदिन सरकारले प्रतिबन्धित नेकपाका कार्यकर्तामाथि निगरानी बढाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सम्मेलन अवधिभर पाहुनाको सुरक्षामा कुनै पनि कमी हुन नदिन उपत्यकास्थित सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ। सम्मेलन स्थललगायत केही ठाउँमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। बाँकी स्थानमा आपसी समन्वयका आधारमा प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपन्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्गस्थित अन्नपूर्णलगायतका होटलमा व्यवस्थापन गरेको छ।

‘पाहुना बस्ने होटल र सम्मेलन स्थलको सुरक्षामा कुनै पनि कमी नहुने गरी जनशक्ति तैनाथ गरेका छौं,’ प्रहरी प्रवक्ता सुवेदीले भने, ‘यसका लागि रिजर्भ फोर्ससहित गस्ती र सादा पोसाकका जनशक्ति आवश्यकताअनुसार खटिएका छन्।’
लगानी सम्मेलनको सुरक्षालाई प्रभाव पार्नेगरी हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि पनि आफूहरु सजग रहेको गृह मन्त्रालयले जनाएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि फागुन २८ गते प्रतिबन्ध लागेसँगै प्रभावशाली नेता हेमन्तप्रकाश वली (सुदर्शन) सहित नेकपाका तीन दर्जन नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

‘देशको प्रतिष्ठासँग जोडिएको सम्मेलनलाई व्यवस्थित र सुरक्षित बनाउन कुनै पनि कसरत बाँकी नराख्न निर्देशन दिएका छौं,’ गृह स्रोतले भन्यो, ‘सरकारबाट प्रतिबन्धित नेकपाका कार्यकर्ताले अवाञ्छित गतिविधि गर्नसक्नेप्रति पनि हामी सतर्क छौं।’ अर्थ मन्त्रालयले सम्मेलन सुरक्षामा खटिने जनशक्तिका लागि खाजा र इन्धन खर्चको व्यवस्था गरेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...