१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुममा असिनापानीले हिउँदेबाली नष्ट

रुकुम - वर्षासँगै मंगलबार राति परेको असिनापानीले रुकुम (पश्चिम)मा हिउँदेबालीमा ठूलो क्षति पु-याएको छ। 

जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु-याएको स्थानीय जानकारी दिएका छन्।

असिनापानीले किसानको खेतबारीमा लगाइएको गहुँ, जहुँ, मसुरो तथा फलफूलमा ठूलो क्षति गरेको स्थानीय बताएका छन्। यसका साथै फलफूलमा समेत क्षति गरेको छ। फूल खेल्दै गरेका फलफूलमा असिनाले क्षति गरेको स्थानीय अम्मरसिं खड्काले बताए। असिना पानीले प्याजको बीउ, बेमौसमी सिमी, काँक्रो, फर्सी, भाण्टालगायतमा क्षति पु¥याएको सानीभेरीका रामविक्रम ओलीले बताए। 

यसका साथै रुकुम (पूर्व)मा समेत असिनापानीले क्षति पु-याएको छ। यहाँका लेकाली क्षेत्रमा टुसाउन लागेका आलु, सिमी, मकैलगायतमा क्षति पुगेको छ। असिनाले बालीमा क्षति पुगेपछि विभिन्न स्थानमा तरकारी तथा फलफूल खेती आएका गर्दै आएका किसानहरु चिन्तित भएका छन्।  खाद्यान्न तथा तरकारी उत्पादनमा कमी आउने भन्दै उनीहरु चिन्तित भएका हुन्। 

 

प्रकाशित: १३ चैत्र २०७५ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App