सुमार्गीको पैसा रोक्का प्रकरण

‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

बुधबार, १३ चैत २०७५, ०६ : ३२ विष्णु बेल्वासे

काठमाडौं – बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन्।

राष्ट्र बैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन्। सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकहरुले ऋण तिर्न प्रयोग भएको पैसा फेरि खातामा ल्याउन सकिने सम्भावना नभएको जानकारी गराएको बताए। ‘बैंकहरुले खातामा पैसा ल्याउन व्यवहारिक समस्या देखाएका छन्,’ उनले नागरिकसँग मंगलबार भने, ‘खातामा रकम ल्याउन कठिनाइ भएको पत्रमा उल्लेख छ।’ राष्ट्र बैंकले मंगलबार पनि बैंकहरुलाई सुमार्गीको खातामा रकम ल्याउन निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए।

‘रोक्का राखेको धन सम्पत्ति फुकाउन जति सजिलो हुन्छ त्योभन्दा बढी कठिनाइ गइसकेको रकम फिर्ता ल्याउन हुन्छ,’ उनले भने, ‘बैंकहरुलाई पनि त्यही समस्या छ। तर पनि उनीहरुलाई बारम्बार निर्देशन दिएका छौं।’ ७८ करोड रुपैयाँमध्ये २३ करोड सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरेका थिए भने बाँकी ५५ करोड रुपैयाँ अन्य तीन बैंक (२५ करोड नेपाल बंगलादेश बैंक, १० करोड महालक्ष्मी विकास बैंक र २० करोड प्राइम) मा स्थानान्तरण गरेका थिए।

राष्ट्र बैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका छन्।

बैंकहरुमा स्थानान्तरण गरेको रकम फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताउँदै आएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकहरुमा स्थानान्तरण गराएका थिए। त्यसअघि तत्कालीन न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै रकम झिक्ने अनुमति दिएको थियो।

सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै पछिल्लोपटक सर्वोच्चले झिकेको रकम फिर्ता गर्न आदेश दिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशपछि राष्ट्र बैंकले सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिएको थियो। तर, त्यो निर्देशन कार्यान्वयन गर्न गाह्रो भएको बैंकहरुको भनाइ छ।

सर्वोच्च अदालतको पहिलो आदेशलगत्तै व्यवसायी सुमार्गीले मुक्तश्री सिमेन्टका नाममा आएको ७५ लाख अमेरिकी डलर झिकिसकेका छन्। सर्वोच्च अदालतले फेरि बैंकमै राख्न लगाउन आदेश दिएपछि राष्ट्र बैंकले पनि इन्भेस्टमेन्ट बैंकलाई साबिककै स्थितिमा रकम ल्याउन आदेश दिएको छ। सर्वोच्चले विदेशबाट मुक्तिश्री सिमेन्ट उद्योगका नाममा भित्र्याइएको रकम शंकास्पद देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डिरिङ) ऐनअन्तर्गत अनुसन्धान गर्न भनेको छ।

सुमार्गीले बैंकबाट पछिल्लोपटक ७८ करोड र त्यसअघि दुई अर्ब २५ करोड रुपैयाँ झिकिसकेका छन्। यसअघि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (दुई अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा गरेका थिए।

सुमार्गीले २०७० मा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए। सुमार्गीले ‘ट्याक्स हेभन’ मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम ल्याएका हुन्। उनले सो रकम अनुमति नलिई सिधै नेपालका बैंकमा जम्मा गराएका थिए। कर छलीमार्फत गैरकानुनी रूपमा आर्जन गरेको रकम ‘ट्याक्स हेभन’ बाट लगानीका नाममा भित्र्याउन खोजेको शंकामा राष्ट्र बैंकले रोक्का गरेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad