१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सल्यानमा विप्लवका चार कार्यकर्ता पक्राउ

रुकुम- सल्यान प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चार जना जिल्ला स्तरीय नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीले पार्टीका जिल्ला सदस्य मदन केसी सहित अन्य तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ। विभिन्न समयमा गरेर अहिले विप्लब नेकपाका चार जना जिल्ला स्तरीय नेताहरु प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भिमबहादुर ओली, सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सचिव खुमलाल केसीलाई पक्राउ गरिएको छ। विभिन्न आरोपमा उनीहरुलाई फरक फरक दिन पक्राउ गरिएको डिएसपी शाहीले बताए।

पक्राउ परेकाहरु विरुद्ध सार्वाजनिक मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए। पार्टीमा आस्था भएकै कारण नेताहरुलाई पक्राउ गर्नु गैरकानुनी भएको भन्दै नेकपा सल्यानले आपत्ति जनाएको छ। अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ती मार्फत पक्राउ परेका नेताहरुलाई विना सर्त रिहाइको माग गरेको छ।

 

प्रकाशित: ११ चैत्र २०७५ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App