१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

समुद्रमा चीन–अमेरिका टक्कर

भविष्यका लागि लगानी

दुई दशक अघि मुद्रा संकटका कारण इन्डोनेसियाको अर्थतन्त्र ध्वस्त हुँदा आक्रोशित मानिसहरुले चिनियाँ मूलका सयौं व्यापारीको हत्या गरेका थिए। अहिले परिस्थिति फेरिएको छ। चिनियाँ सफ्टेवयर इन्जीनियर तथा उद्यमी चेङ तावले अहिले इन्डोनेसिया स्थित अग्लो बिल्डिङमा रहेको आफ्नो कार्यालयबाट चिनियाँहरुले चलाएको किराना पसल, रेस्टुरेन्ट र आफ्नै छोराको विद्यालय देख्न सक्छन्।

३४ वर्षिया चेङ युवा चिनियाँ लगानीकर्ता, इन्जीनियर र वेब डिजाइनर मध्ये एक हुन् जसले प्रविधि कम्पनीमा लगानी गरेका छन्। एक दशक अघि उनी चिनियाँ टेलिकम कम्पनी हुवाईसँगै इन्डोनेसिया आएका थिए। अहिले उनी र उनीजस्तै अरु लगानीकर्ताहरुले आफै नयाँ लगानी शुरु गरेका छन्।

दक्षिणपूर्वी एसियामा केही वर्षअघि मात्र, चिनियाँ कम्पनीहरु यो क्षेत्रमा प्राकृतीक स्रोतको खरिदमा केन्द्रीत थिए। अहिले उसले भविष्यमा लगानी गरिरहेको छ। खासगरी उसले आविष्कार कम्पनीमा पर्याप्त रकम र बुद्धि खर्चिरहेछ।

गत वर्ष, इन्डोनेसियामा नयाँ व्यवसाय शुरु गर्न लगानी सम्मेलन भएको थियो। गुगल र ए. टी. कर्नीजस्ता कम्पनीहरुले गरेको सर्वेक्षणले ९५ प्रतिशत चिनियाँ कम्पनीले त्यस्ता आविष्कारजन्य कारखानामा लगानी गरेको देखायो।

‘चीन इण्डोनेसियाको सिलिकन भ्याली हो,’ उद्यमी अड्रियन लि भन्छन्। स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका ली २०१४ मा बेइजीङबाट जकार्ता पुगेका थिए।

दक्षीणपुर्वी एसियामा चीनको उपस्थिती योजनाबद्ध रुपले अघि बढिरहेको छ। जसले गर्दा यो क्षेत्रमा अमेरिकी प्रभाव बिस्तारै ओरालो लागिरहेछ। वास्तवमा, अमेरिकाले आफ्नो प्रभाव गुमाइरहेछ।

सन् २००३ मा चिनियाँ प्रधानमन्त्री वेन जियावाओले दक्षीणपुर्वी राष्ट्रहरुको संगठनलाई सम्बोधन गरेका थिए। एक दशकपछि राष्ट्रपती बाराक ओबामा इण्डोनेसियाको बालीमा भएको सभालाई सम्बोधन गर्न उपस्थित नै भएनन्। ओबामाको यो अनुपस्थिति उल्लेखनीय थियो।

चीनका वर्तमान प्रधानमन्त्री सि जिन पिङले पनि वेन जियावाओको बाटो पछ्याए। उनले त इन्डोनसियाको संसदलाई पनि सम्बोधन गरे। उनी त्यहाँ एसियाली पूर्वाधार लगानी बैंकको उद्घाटनमा पुगेका थिए। एसियाली बैंकलाई विश्व बैंकको प्रतिद्वन्द्वी मानिन्छ।

 फिलिपिन्समा दक्षिण चीन सागर राजनीतिक अजेन्डा भएको छ। फिलिपिनी संसद् एवं पूर्व नाविक ग्यारी अल्जेनोको कार्यालयमा दक्षिण चीन सागरका दुईवटा ठूला नक्सा टाँसिएका छन्।

राज्य प्रमुखहरुले केही आडम्बरका साथ सहकार्य गरिरहे पनि चिनियाँ व्यवसायले इन्डोनेसियामा तीव्र गतिमै आफ्नो स्थान बनाइरहेको छ। घरेलु बजारमा चिनियाँ इन्टरनेट कम्पनीले नयाँ ग्राहक पाइरहेका छैनन्। उनीहरुका लागि २६ करोड जनसंख्या भएको इन्डोनेसिया उसको निम्ति नयाँ बजार हो। त्यहाँ चिनियाँ कम्पनीहरुले संसारको अन्य ठाउँमा भन्दा बढी इन्टरनेट प्रयोगकर्ता प्रदा गरिरहेछन्।

चीनको इ–कमर्स कम्पनी अलिबाबाका मालिक ज्याक माले शुरुमै यो यथार्थ पहिचान गरिेका थिए। उनले अहिले इन्डोनेसियाको स्थानीय व्यापारमा लगानी गरिरहेका छन्। गत बर्ष मात्रै उनले १ अर्ब १० करोड अमेरिकी डलर टोकोपेडियामा मात्रै लगानी गरेका थिए। टोकोपेडिया इन्डोनेसियाको महत्वपूर्ण व्यापारीक अनलाइन साइट हो। मुसलमानहरुको पवित्र महिना रमादानमा मात्रै ७ करोड ८० लाख मानिसले यो साइट हेरेका थिए। यो संख्या औसतभन्दा ७० प्रतिशतले बढी हो।

ज्याक माको यो शक्तिले उनी आफ्नो विश्वव्यापी प्रतिस्पर्धी अमेजनलको टक्कर लिन सक्छन् भन्ने देखाउँछ। सिंगापुरमा कार्यरत भए पनि अमेरिकी इ–कमर्स कम्पनी अमेजनले दक्षिणपूर्वी एसियामा आफ्नो बजार भने बनाउन सकेको छैन।

अलिबाबाले आफ्नो पुरानो प्रतिस्पर्धी अनलाइन कम्पनी लाजाडामा ३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ। यसको अलिपे डिजिटल पेमेन्ट सिस्टमले दक्षीणपुर्वी एसियाभरी काम गर्छ। यो क्षेत्रको एड्भाइजर बोर्डमा अलिबाबा ज्याक मा आफै बसेका छन् जसले ग्राहकको दृष्टिकोणमा मानक बन्न सहयोग पुग्छ।

सैन्य शक्ति सञ्चय

आर्थिक लगानी र जुक्ति बाहेक चीनले सैन्य शक्ति मार्फत पनि आफ्नो क्षमता प्रदर्शन गर्ने गरेको छ।

एलेक्स पामाले यो शक्तिको बढ्दो प्रदर्शनलाई निक्कै नजिकबाट देखेका छन्। सन् १९९० को दशकमा उनी फिलिपिन्सको नौसेनामा एक कनिष्ठ अधिकारीका रुपमा काम गर्थे। त्यतिबेला उनले चिनियाँ जहाजहरु ‘मिसचीफ रीफ’ मा उत्रिएको देखेका थ्एि। मिसचीफ रीफ दक्षिण चीन सागरमा अवस्थित चट्टाने टापु हो जसलाई फिलिपिन्सले आफ्नो दावी गर्दै आएको छ। तर चीनियाँ जहाजहरुले शुरुमा त्यहाँ आश्रयस्थल बनाए अनि भकाभक ठूला भवनहरु बनाउन थाले।

आफ्नो क्षेत्रमा बढ्दै गएको चिनियाँ उपस्थिति घटाउन फिलिपिन्सले अमेरिकाको सहयोग खोज्यो। त्यसो त फिलिपिन्स आफैँमा अमेरिकाको पूर्व उपनिवेश थियो। तर तत्कालीन क्लिन्टन प्र्रशासनले  फिलिपिन्सको आग्रह अस्विकार ग¥यो। फलस्वरुप अमेरिकी नौसेनाले लामो समयदेखि प्रयोग गर्दै आइरहेको फिलिपिन्समा अवस्थित सुबिक बन्दरगाह गुमाउनुपर्‍यो। 

उक्त निर्णय ऐतिहासिक मोड भएको पामाको ठम्याई छ। पामा आफैँ फिलिपिनी नौ सेनाको अध्यक्ष बन्नेवाला थिए।

त्यही निर्णयबाट दक्षिण चीन सागरमा द्वन्द्व बढेको पामा बताउँछन्।

त्यसको दुई दशकपछि चिनियाँ राष्टपति सिले मिसचीफ रीफ र स्प्रेट्ली चट्टानहरुलाई द्विपको रुपमा निर्माण गर्न आदेश दिए। स्प्रेट्ली चट्टानहरु दक्षिण पूर्वी सागरमा छरिएका ठूला चट्टानहरुको समूह हो। अहिले ती चट्टानहरुमा चीनले बन्दरगाह, मिसाइल स्टेशन आदि बनाइरहेको छ। ऊ ती स्थानलाई जलसेनाको क्याम्प बनाइरहेछ। सामुद्रिक मार्गमा भएका यी निर्माणपछि चीनले संसारमै सबैभन्दा बढी आवतजावत हुने जलमार्गमा पकड जमाएको छ।

दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व स्थापना गर्ने र अमेरिकालाई किनारा लगाई चीनको प्राचीन वैभव पुनस्र्थापना गर्ने चिनियाँ राष्ट्रपति सीको ध्याउन्न छ। गत वर्ष मात्रै पहिलोपटक चीनले पहिलाले पटक दक्षिण चीन सागरमा हवाई परीक्षण गरेको थियो।

त्यसैगरी चीनको राज्य नियन्त्रित कम्पनीहरुले हिन्द महासागारमा रहेको श्रीलंका र पाकिस्तानका दुई बन्दरगाह निर्माण गरेका छन्। यस्तै किसिमका बन्दरगाह म्यानमार र बंगलादेशमा पनि निर्माण हुँदै छ। यी बन्दरगाहहरुले चीनलाई अफ्रिकाको सुडानको बन्दरगाहसम्म पहुँच स्थापित गर्ने रणनीति पूरा गर्न सघाउनेछन्। पछिल्लो वर्ष मात्रै चीनले जिबुटीमा सैन्य अखडा स्थापना गरेको छ। यो उसले विदेशी भूमिमा स्थापना गरेको पहिलो सैन्य अखडा हो।

अफ्रिकामा भईरहेको लगानी प्रतिस्पर्धा बारे पढ्न यहाँ क्लीक गर्नुहोस्

चीनले आफ्ना यी अभ्यासलाई प्रतिरक्षात्मक भन्दै आएको छ। तर, चीनको यो कदमलाई अमेरिका र उसका एसियाली सहयोगी देशहरुले बेइजिङले अमेरिकालाई पन्छाँउदै विश्व व्यापारमा आफ्नो प्रभुत्व स्थापना गर्न गरेको प्रयासका रुपमा हेरेका छन्। एकातिर चीन क्षेत्री रुपमा प्रभुत्वशाली आर्थिक शक्तिको रुपमा उदाइरहेछ भने अर्कोतर्पm उसले सामुद्रिक शक्तिको रुपमा आपूmलाई स्थापित गरिरहेको छ। यी सबै परिदृश्यले परिस्थिति चीनले भनेसरी बढेको छैन भन्ने देखाउँछ।

दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व स्थापना गर्ने र अमेरिकालाई किनारा लगाई चीनको प्राचीन वैभव पुनस्र्थापना गर्ने चिनियाँ राष्ट्रपति सीको ध्याउन्न छ। गत वर्ष मात्रै पहिलोपटक चीनले पहिलाले पटक दक्षिण चीन सागरमा हवाई परीक्षण गरेको थियो।

‘कालान्तरमा उक्त क्षेत्रमा चीनको शक्ति र प्रभावले अमेरिकी प्रभुत्व नष्ट गरिदिनेछ’, चिनियाँ सरकारका सल्लाकार एवं रेन्मिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक सी यिंहोङ भन्छन्।

दक्षिण चीन सागरमा भएको यो हानथाप सन् २०१२ बाट सतहमा आएको हो। स्कारबोरो शोअलमा भएको हानथापले यो विवाद सतहमा ल्याइदिएको थियो। स्कारबोरो शोअल दक्षिण चीन सागरमा रहेको घोडाको टापजस्तो आकारको चट्टानी समूह हो। यो चट्टान चीन भन्दा फिलिपिन्सको नजिक छ।

फिलिपिन्सको नौसेनाले चीनियाँ माछा मार्ने जहाजलाई रोकेपछि विवाद बढेको थियो। त्यतिबेला ओबामा प्रशासनले दुवैलाई उक्त क्षेत्र छोडेर सहमतिमा आउन सल्लाह दियो। अमेरिकी आग्रहपछि फिलिपिनी जहाज फर्कियो तर चिनियाँ जहाज भने त्यहीँ रहे।

त्यसयता उक्र क्षेत्रमा चीनले कब्जा जमाइरहेको छ। ती टुक्रे चट्टानलाई सात वटा टापुमा परिवर्तन गर्न चीनले निर्माणकार्य शुरु गरिसकेको छ।

चीन ती निर्माण कार्यलाई निरन्तरता दिन प्रतिबद्ध देखिन्छ। उसको यो अडानले चीनमा राष्ट्रवादी आक्रोश जन्माइदिएको छ। जसले त्यहाँका चीन पक्षधर राष्ट्रपति रोड्रिगो डुट्रेको सम्बन्धलाई पनि असर पारेको छ।

चीनको नानझिंग विश्वविद्यालय अन्र्तगत रहेको दक्षिण चीन सागर केन्द्रका कार्यकारी निर्देशक झु फेंग भन्छन्, ‘कुनै पनि निर्णयले डुट्टे सरकारलाई आक्रोशित बनाउनसक्छ। र, चीन उनीजस्ता असल मित्र गुमाउन चाहँदैन।

फिलिपिनी अधिकारीहरु भने अहिले चीनले रोकिरहेको कामलाई क्षणिक स्थगन हो कि भनेर त्रसित छन्।

फिलिपिन्समा भने दक्षिण चीन सागर राजनीतिक अजेन्डा भएको छ। फिलिपिनी संसद् एवं पूर्व नाविक ग्यारी अल्जेनोको कार्यालयमा दक्षिण चीन सागरका दुईवटा ठूला नक्सा टाँसिएका छन्। आफ्नो कार्यालयमा आउने हरेकलाई उनी ती नक्सा देखाउँछन् र कसरी चिनियाँ नौसेना प्रशान्त महासागर प्रवेश गर्ने बासी नहरको छेउमा रहेको स्कारवोरा शओलमा बसेको छ भन्ने देखाउँछन्। उनले स्पार्टली चट्टानहरुमा बनाइएका कृत्रिम टापु र मिसचिफ टापु देखाउँछन्। त्यहाँ कसरी चिनियाँ लडाकु जहाज तैनाथ हुन्छन् भन्ने देखाउँछन्।

घाटीको नियन्त्रण

चीनले कसरी विश्वमा आफ्नो प्रभाव जमाइरहेछ भन्ने व्याख्या गर्नुभन्दा पहिला ६ वटा सामुद्रिक घाटीहरुमा ध्यान दिनुपर्छ। ती घाटी हुन्ः

१. भूमध्यसागरबाट कालो सागर छिर्ने प्रवेशद्वार

२. मलक्काको नहर हुँदै प्रशान्त र हिन्द महासागर जोडिने मार्ग

३. युरोपलाई अफ्रिकासँग छुट्टाउने ‘गिब्रल्टारको नहर’को करिडोर

४. जिबुटीको बब एल म्यान्डेब नहर जसले रातो सागर र एडेनको खाडीलाई जोड्छ

५. पर्सियाली खाडीको हर्मुज नहर

६. भुमध्यसागर र रातो सागर जोड्ने स्वेज नहर

यी कुनै पनि आउने विवादले चीनको स्वतन्त्र आवागमनलाई प्रभाव पार्छ। यसले चीनको व्यापार देखि लिएर प्राकृतिक स्रोत साधनमा उसको पहुँचलाई खुम्च्याउँछ।

इतिहासदेखि नै यी क्षेत्रमा अमेरिकी जलसेनाले निरिक्षण गर्दै अएको छ जसले चीनको आवागमनलाई अमेरिकामा निर्भर बनाइदिएको छ। यी क्षेत्रलाई अमेरिकी नियन्त्रणबाट बाहिर ल्याउन ती घाटीमा रहेका देशलमा चीनले ठूलो मात्रामा लगानी विस्तार गरेको छ।

त्यसैले नै इजिप्टका राष्ट्रपति सिसीले कायरोको पूर्वमा रहेको मरुभूमी बनाइरहेको राजधानीमा चीनले प्रशस्त लगानी गरेको छ।

इजिप्टको सरकार नियन्त्रित एक कम्पनीका प्रमुख जनरल अमेद जकी एब्डेनले एक अन्र्तवार्तामा अमेरिकाको विरोध गरेका थिए। अमेरिकाले इजिप्टको विकासमा आर्थिक सहयोग गर्न इच्छा नदेखाएपछि उनले अमेरिकी प्रवृत्तिको विरोध गरेका थिए।

‘हामीसँग मानव अधिकारका विषयमा कुरा गर्न छाड’, उनी भन्छन्, ‘आऊ हामीसँग व्यापार गर। चिनियाँहरु आउँदैछन्। उनीहरु दुवै पक्षको जीत खोजी रहेका छन्। चीनलाई हाम्रो देशमा स्वागत छ।’

नयाँ राजधानी निर्माणमा सहयोग गरेर चीनले इजिप्तको शक्ति समूहको वर्षौं पुरानो सपना पूरा गरिरहेछ। जस्तै उसले मरुभूमीको नामाकरण गरिदिएको छ। ६५ लाख मानिस बसोबास गर्न सक्नेगरी उक्त शहरको निमाएण भइरहेछ। यो शहर बनाउन १५ वर्ष लाग्ने र ११ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।

सन् २०१७ मा भएको सम्झौता अनुसार चीनले इजिप्टको राजधानी नजिक मुख्य व्यापारीक क्षेत्र पनि निर्माण गर्दैछ। यो निर्माणकार्यमा चीनको राज्य नियन्त्रित बैंक समुहले प्रारम्भिक चरणको निर्माणका लागि करिब ३ अर्ब अमेरिकी डलर खर्च गर्दै छ। यो निर्माण कार्य ३ वर्षमा पुरा हुने अनुमान गरिएको छ। इजिप्टले उक्त पैसा चीनकै इन्जिनियरिङ संस्थालाई काम लगाउन प्रयोग गर्नुपर्ने छ। दोस्रो किस्तामा करिब ३ दशमलब २ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

गुडम्यान ‘द टाइम्स’का विश्व अर्थतन्त्र सम्बन्धी संवाददाता हुन् जसले ‘द वासिंगटन पोस्ट’का लागि सांघाई ब्युरो प्रमुख भएर चीनमा ६ वर्ष बिताएका छन्।

– पर्लेज ‘द टाइम्स’को बेइजिङ ब्युरो प्रमुख हुन्। उनले सन् २०१२ यता चीन र अमेरिका सम्बन्धबारे रिपोर्टिङ गरिरहेकी छन्।

–द न्युयोर्क टाइम्सबाट अनुवादः किरण दहाल

 

प्रकाशित: १० चैत्र २०७५ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App