१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

केसरीको शानदार सुरुवात

मुम्बई– विहीबारबाट प्रदर्शनमा आएको अक्षय कुमारको फिल्म ‘केसरी’ले शानदार सुरुवात गरेको छ। केसरी वर्षकै प्रदर्शनको पहिलो दिन धेरै कमाउने फिल्म समेत बनेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार विहीबार होलीको दिन फिल्मले २१.५० करोड कमाएको छ। यो यस वर्ष प्रदर्शनमा आएका बलिउड फिल्मको पहिलो दिनको कमाईमा सबैभन्दा बढी हो।  

फिल्मले सकारात्मक समीक्षा पनि पाएको छ। तरण आदर्शका अनुसार फिल्मले दोस्रो दिन १६.७० करोडको कारोवार गरेको छ। फिल्मले दुई दिनमा ३७.७६ करोड कमाई गरेको छ। 

केसरीले संसारभर ४२०० स्क्रीन्समा रिलिज गरिएको छ। भारतमा केसरीले ३६०० स्क्रीन पाएको छ। फिल्ममा परिणीति चोपडा अक्षय कुमारको अपोजिटमा छिन्। फिल्मले पहिलो हप्तामै १०० करोडको आँकडा छुने अनुमान गरिएको छ। 

फिल्म सारागढ़ीको ऐतिहासिक लड़ाईमा आधारित छ। यहाँ ब्रिटिश इण्डिया आर्मीका तर्फबाट २१ सिख सैनिकले १० हजार अफगानीसँग भिडेका थिए। फिल्ममा अक्षयले हवल्दार ईशर सिंहको भूमिका निभाएका छन्।

प्रकाशित: ९ चैत्र २०७५ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App