१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि फेरि यौन दुव्र्यवहारको आरोप

न्युयोर्क–रिपब्लिबन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि अर्को  यौन दुव्र्यवहारको आरोप लागेको छ। ट्रम्पमाथि दुई महिलाले यौन दुव्र्यवहारको आरोप लगाएको बीबीसीले जनाएको छ। तर ट्रम्पले भने आरोपको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले  आरोप लगाएको बताएका छन्।

वासिंटन पोष्टका अनुसार ४६ वर्षीया क्रिष्टिना एडरसनलाई उद्धृत गर्दै  ट्रम्पले १९९० मा न्युयोर्कको एक क्लबमा यौन दुव्र्यवहार गरेको जनाएको छ। एंडरसनका अनुसार म्यानहट्टनको एउटा नाइट क्बलमा  अन्डरवेयरभित्र हात छिराएका थिए। जतिबेला एंडरसन मोडलिङमा संघर्षरत थिइन्। ‘यो कुनै यौन आकर्षण थिएन,’ उनले भनिन्,‘मलाइ थाहा थियो ट्रम्पले किन यसो गरे। उनलाई मैले जे गरेपनि हुन्छ भन्ने घमण्ड थियो।’

ट्रम्पका प्रवक्ता होप हिक्सले ट्रम्पले आफूमाथि लागेका सबै आरोपलाई पुरै अस्विकार गरेको बताएका छन्। उनले आफू चर्चित हुन विभिन्न महिलाहरुले प्रपोगान्डा मच्चाएको बताए।

यसैबीच अर्की महिला समर जेरवोसले पनि ट्रम्पमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी छन्।  ४१ वर्षीया समर जेरवोस २००६ मा द एप्रेंटिसको सिजन पाँचकी प्रतियोगी हुन्।  उनले  २००७ ट्रम्पले आफूलाई जागिरकालागि भेट्न बोलाएको बताइन् । ट्रम्पले आफूलाई बेवेरली हिल्स होटलको एक कोठामा बोलाएर चुम्बन गरेको आरोप लगाइन्। ‘ट्रम्पले मलाई नजिकैको सोफामा बस्न लगाएर मलाई समाएर निकै आक्रामक तरिकाले चुम्बन गरे,’ उनले भनिन्,‘ ट्रम्पको हात मेरो शरीरमा थियो।’ आफूले ट्रम्पबाट छुटकारा पाउन किनै कोशिस गरेपनि बेडरुपमा लैजाने प्रयास गरेको बताइन्।

आफूलाई रिपब्लिकन बनाउन जेरवोसलाई ट्रम्पले गल्फ कोर्समा धेरै तलव भएको जागिरको प्रस्ताव गरेका थिए। तर सबै आरोपको खण्डन  गरेका छन्। शुक्रबार उत्तरी केरोलाइनामा भएको सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूमाथि लागेका आरोप निराधार भएको बताएका थिए। ‘मलाई थाहा छैन मलाई आरोप लगाउने को हुन,’ उनले भने,‘उनीहरुलाई उक्साइएको छ। उनीहरुसँग आफ्नो आरोप पुष्टि गर्ने कुनै आधार छैन।’

 

प्रकाशित: २९ आश्विन २०७३ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App