१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘साइड हिरो’ माथि विमर्श

वीरगन्जमा मंगलबार आयोजित ‘साइड हिरो’ माथि विमर्श कार्यक्रमका सहभागी वक्ता। तस्बिरः रितेश/नागरिक

वीरगन्ज - फिल्म र टेलिफिल्मको अभिनय, लेखन, निर्देशन र पटकथा लेखनमा अनुभव बटुलेका ब्रजेश खनालको यसैवर्ष प्रकाशित पुस्तक ‘साइड हिरो’माथि मंगलबार यहाँ विमर्श गरिएको छ। होलीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सहभागी वीरगन्ज क्षेत्रका कला र साहित्य क्षेत्रसँग सरोकार राख्ने सहभागीले पछिल्लो समयमा लेखन क्षेत्रमा विभिन्न पृष्ठभूमिका मानिसहरू आएपछि नेपालको लेखन क्षेत्र विविधतायुक्त हुन थालेको बताए।

नेपाली भाषाका प्राध्यापक इन्द्र भट्टराईले खनालको पुस्तकमा संस्मरणको गुणहरू रहेको बताए। ‘संस्मरणमा चाहिने एउटा तत्व अनुभुति पुस्तकमा पर्याप्त मात्रामा रहेको छ। यसले विभिन्न विषयलाई इमान्दारीताका साथ पस्केको छ। आफ्ना कमजोरीहरूप्रति आत्मस्वीकृति छ’, उनले भने, ‘पाठकलाई एउटा हारेको ब्रजेश हार्दैहार्दै जाँदा पछि हारेर राम्रै गरेछ भन्ने पर्छ।’

संस्मरणमा चाहिने एउटा तत्व अनुभुति पुस्तकमा पर्याप्त मात्रामा रहेको छ। यसले विभिन्न विषयलाई इमान्दारीताका साथ पस्केको छ। आफ्ना कमजोरीहरूप्रति आत्मस्वीकृति छ।

वीरगन्ज आदर्शनगरस्थित रिलिफ सोसाइटीको सभाहलमा आयोजित कार्यक्रममा संस्मरणको रूपमा आउने एउटा पुस्तक तयार गर्न ध्यान दिइने पक्षमाथि पनि चर्चा भयो। लामो समय अगाडिका घटनालाई ल्याउन त्यति बेलाका पात्रहरूको सहयोग लिन आवश्यक पर्ने लेखक खनालले बताए।

अर्का लेखक गणेशप्रसाद लाठले पुस्तकभित्र आम पाठकले आफ्नो कथा फेला पार्ने दाबी गरे। पुस्तकमा कुनै ठुलाबडाको प्रसंग नभएर आम मानिसको जीवनको घटनाक्रमलाई राखिएकोले रोचक रहेको लाठको भनाई छ। रेडियोमा बज्ने कार्यक्रममा गीत ‘फर्माइस’ गरेर चिनिएका कुर्वान हावारीले पुस्तकभित्र आफ्नो जिकिर भएको थाहा पाएर खुसियाली जनाए। पत्रकार गिरिश गिरीले आफुले कलाकारको रूपमा चिनेको व्यक्तिलाई पुस्तकको लेखकको रूपमा पाउदा फरक अनुभुति भएको बताए। ब्रजेशले आफुले गरेको छोटो प्रयासले प्रशंसा पाउदा खुसी लागेको सुनाए। महेश दासले सहजीकरण गरेको कार्यक्रममा अग्रज साहित्यकार निर्मोही ब्यास, अभिनेता परदेशी साह, फिल्म निर्माता हरी पन्तलगायतको उपस्थिति थियो।

प्रकाशित: ८ चैत्र २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App