१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

भक्तपुर– प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे सुबर्णेश्वर चोकबाट तास खेलिरहेको अबस्थामा ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ८६ हजार तीन सय १० रुपैयाँ नगद र १० बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई विहीबार जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

परिसरका सूचना अधिकृत रेवतीरमण पोखरलेलका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका ४ घर भई हाल सूर्यविनायक नगरपालिका ५ कटुञ्जे बस्ने बर्ष ५५ को नर्वु लामा, सोही स्थान घर भई हाल भक्तपुरको पाण्डुबजार बस्ने बर्ष ३५ को एडी लामा, सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भई हाल ठिमी बोडे बस्ने बर्ष २८ को मानबहादुर श्रेष्ठ, मोरङ पथरी शनिश्चरे नगरपालिका ९ घर भई हाल काठमाडौ पेप्सिकोला बस्ने बर्ष २९ की सरु राई, सोही स्थानमा घर भई हाल हाल पेप्सीकोला बस्ने बर्ष २५ की मिमा राई र दोलखा शैलुङ गाउँंपालिका. १ घर भई हाल सूर्यविनायक बस्ने बर्ष ३६ की राखि लामा रहेका छन्।

प्रकाशित: ७ चैत्र २०७५ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App