१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युएइका राजकुमारले ‘जय सियाराम’ भनेपछि...

युएई–संयुक्त अबर इमिरेटस्का युवराज मोहम्मद बिन जायद अल  नहयानका एउटा भिडियो आजकल सोलस मिडियामा भाइरल भएको छ। भिडियोमा युवराज मोहम्मद भारतीय सन्त मोरारी बापुको एक प्रवचन कार्यक्रममा भाषण गर्दै गरेको दृष्य छ।  युवराजले आफ्नो भाषणको सुरुमा  र अन्त्यमा ‘जय सियाराम’ को उच्चारण गर्छन्। 

सो भिडियो मुरारी बापुको सत्संगको हो।  भारतीय संचारमाध्यमका अनुसार  गत सेप्टेम्बर १७ देखि २५ सम्म मुरारी बापुको सत्संग युएइमा  भएको थियो।
सो सत्संगमा भाग लिन पुगेका युवराजले मंचमा पुग्ने वित्तिकै ‘जय सियाराम’ भनेर मन्तव्य सुरु गरेका थिए।

उनले जय सियारामको उच्चारण गर्दा सत्संगको हलमा लामोसमयसम्म ताली बजेको थियो। इस्लामिक मुलुकमा हिन्दु कार्यक्रममा उल्लेख्य सहभागीता रहेको भन्दै युवराजले सबैलाई धन्यवाद दिएका थिए।

 

प्रकाशित: २९ आश्विन २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App