१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

जाकार्ता- इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ। 

यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ताले जानकारी दिएका छन्। 

स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन्। बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ। 

बाढीले दर्जनौ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पु-याएको बताइएको छ। घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन्। सिन्ह्वा

प्रकाशित: ४ चैत्र २०७५ ०७:४५ सोमबार

इन्डोनेसिया बाढी_र_पहिरो पपुआ_प्रान्त