१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोक्न खोज्दा खोज्दै गाउँ पस्यो आगो, ६ घर जलेर सखाप

तस्बिर : पाँचथर हिलिहाङ गाँउपालिका–३ मा आगलागीबाट नष्ट भएका घर। नागरिक

पाँचथर - हिलिहाङ गाँउपालिका–३ मा पञ्चमीमा पर्ने डाँडे टोलमा जंगलमा लागेको आगो पस्दा ६ घर जलेर नष्ट भएका छन्। शनिबार दिँउसो रमिते भीर भन्ने ठाँउमा रहेको जंगलामा लागेको आगो टोलमा पसेर घर, गोठ खरानी बनाएको हो। आगालागीबाट ६ घर, दुई गोठ र केहि चौपाया मरेका छन्।

दिँउसो चर्को घाम लागिरहेका बेला जंगलमा देखिएको आगो बस्तीमा छिरेर सखाप बनाएको स्थानीयबासीले जानकारी दिए। आगो बस्तीमा आउन नदिन प्रयास गर्दा गर्दै पनि हावा चलेकाले सम्भव नभएको बताइएको छ। जंगलामा लागेको आगो बस्तीमा पस्दा ६ घर र घरका लत्ताकपडा, खाद्यान्न, सुनचाँदीलगायत सामान खरानी भएको वडाध्यक्ष मदन गौतमले जानकारी दिए।

उनका अनुसार आगलागीबाट मनप्रसाद पालुङवा, हर्कबहादुर पालुङवा, राजकुमार पालुङवा, तेजमाया पौडेल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाको घरका साथै खाद्यान्न तथा लत्ता कपडा जलेर नष्ट भएका हुन्। 

स्थानीय, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्रको टोलीले नियन्त्रणमा लिएका थिए। जंगलमा कसरी आगो लाग्यो भन्ने कुरा खुलिेको छैन।  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए अनुसार आगालागीबाट ४० लाख बराबर क्षति भएको छ। आगालागीबाट बचाउन फुकाइएका पशुचौपाया समेत लडेर मरेका छन् । 

आगालागीबाट विस्थापितलाई अस्थायी रूपमा बस्ने व्यवस्था मिलाउने प्रयास भइरहेको वडाध्यक्ष गौतमले जानकारी दिए।तत्कालका लागि सामूहिक रूपमा बस्ने व्यवस्था मिलाइएको उनले बताए। वडामार्फत तत्काल बस्ने प्रबन्ध गरिएको उनले जानकारी दिए। अहिले एक–एक बोरा चामल उपलब्ध गराइएको उनले बताए।    

 

प्रकाशित: २ चैत्र २०७५ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App