१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लवलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : कांग्रेस नेता केसी

पोखरा– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

प्रेस युनियन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु अव्यवहारिक भएको बताएका हुन्।

‘सरकारले नै नेकपालाई पार्टीको मान्यता दिएको छ, यसरी पार्टीको मान्यता दिएको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक र अव्यवहारिक छ’, उनले भने। उनले पार्टीलाई प्रतिबन्ध लगाउनुभन्दा आपराधिक कृयाकलापलाई मात्रै नियन्त्रण गर्नुपर्ने बताए। आपराधिक कृयाकलाप गरेमा भने कानूनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

 नेता केसीले विप्लव नेतृत्वको नेकपालाई निर्वाचन आयोगले मान्यता नदिए पनि नेकपा स्थापित पार्टी भएको दाबी गरे। यद्यपि आपराधिक कृयाकलाप रोक्नका लागि सरकारले चालेको कदम भने उपयुक्त भउको उनको भनाइ छ।

नेता केसीले विखण्डकारी नेता सिके राउतसँग सरकारले सम्झौता गर्नु अगाडि दलहरुसँग छलफल नगरेको प्रति आपत्ति जनाए।

प्रकाशित: ३० फाल्गुन २०७५ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App