२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका एटिएम र पिओएसमा मास्टर कार्ड प्रयाेग

काठमाडौं - सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएसँगै मास्टर कार्ड नेटवर्कका तथा सिर्रस कार्डहरु सिद्धार्थ बैंकका कुनै पनि एटिएम र मास्टर कार्ड तथा मास्ट्रो कार्ड सिद्धार्थ बैंकका पिओएस मेसिनमा प्रयोग गर्न सकिने जनाएको छ । बैंकले निकट भविष्यमा मास्टर कार्ड डेबिट तथा क्रेडिट कार्ड जारी गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

​बैंकले नगदरहित कारोबार प्रवद्र्घन गर्न हालै क्यासब्याक योजना ल्याएको छ । त्यसैगरी, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न सात विभिन्न प्रकारका कृषि तथा लघुउद्यम कर्जा योजना सार्वजनिक गरेको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड बाई भिसा सेवा पनि ल्याएको छ । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको जनाएको छ।

सिद्धार्थ बैंकले हालसम्म एक सय आठ अर्ब निक्षेप सकंलन तथा एक सय  अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर एक सय ४३ शाखा, ९९ शाखारहित बैंकिङ एकाइ, एक सय ५१ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: २६ फाल्गुन २०७५ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App