१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी रौनियारलाई दिब्य नारी सम्मान

काठमाडौं– काठमाडौंको सिनामंगलमा रहेको दिव्य दर्शन एकेडमीले नारी दिवसको अवसरमा नागरिककर्मी एवं पत्रकार रुबी रौनियारलाई दिब्य नारी सम्मान २०७५बाट सम्मान गरेको छ।

पत्रकार रौनियार विगत लामो समयदेखि अत्यन्तै निष्ठा र समर्पणकासाथ शिक्षा पत्रकारका रुपमा नेपाली नागरिक समाजमा समर्पित रहँदै आएको र समाजलाई शिक्षा क्षेत्रमा कलम चलाएर उज्यालो दिशा तर्फ अघि बढाउन योगदान पुरयाएकोले सम्मान गरिएको उनलाई प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ। रौनियारलाई शनिवार एकेडेमीले  आफ्नो २३ अभिभावक दिवस र वार्षिक कार्यक्रम समेत विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ। 

कार्यक्रमको सभापतित्व उद्योग व्यवसायी एवम् यस संस्थाका अध्यक्ष श्री सीताराम प्रसाईँले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नाष्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलको उपस्थित रहेको थियो। विशेष अतिथिका रूपमा विन्डीहाउस कुलका संस्थापक प्राचार्य ललिता प्रसाईँ, नेपाल टेलिभिजन तथा रेडियोसँग अबद्ध सञ्चारकर्मी दीपक समीर, का.म.न.पा. ९का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, यसै वडाका सदस्य राम राई, सान इन्टरनेशनल कलेजका अध्यक्ष, ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष एवम् दन्त चिकित्सक डा. सुवास घिमिरे, वातावरण एवम् सरसफाइमा संलग्न युवा अभियन्ता के.पी. खनाल, यस विद्यालयका कार्यकारी निर्देशक सर्जन बि.सी. रहेका थिए। 

विद्यालयले पत्रकार रौनियारकासाथै समाजमा विशिष्ट भूमिका निर्वाह गर्ने विविध विधामा सक्रिय ६ जना नारीहरूलाई ‘‘दिव्य नारी सम्मान’’ द्वारा सम्मानित गरेको थियो। जसमा सम्मानित हुने नारी प्रतिभाहरूमा साहित्यकार  डा. गीता त्रिपाठी, चलचित्रकर्मी संचिता लुइँटेल, भगवती चौधरी, समाजसेवी एवं राजनीतिकर्मी, समाजसेवी एवम् राजनीतिकर्मी रामदेवी तामाङ र सासद शान्ति चौधरी रहेका छन्। 

प्रकाशित: २५ फाल्गुन २०७५ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App