१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

एक महिलाको तीन जनासँगको प्रेम तथा सम्बन्ध सम्भव छ?

काठमाडौं – भारतमा एक २४ बर्षिय गरिमा तीन जना केटासँग माया गर्छिन साथै तीन जना नै उनका केटासाथी हुन। अर्को गजबको कुरा के छ भने ती तीन जना केटा नै एक अर्कालाई चिन्छन र यो सम्बन्धलाई लिएर सकारात्मक पनि रहेका छन।

प्रश्न यो पनि उठछ कि कोही मानिस तीन जनासँगै एकै पटक कसरी माया गर्न सक्छ र उनीहरुसँग सम्बन्ध राख्न सक्छ? गरिमा यसको जवाफ ‘यस’ अर्थात हुनसक्छ भन्छिन। खासामा यस्तो सम्बन्धलाई पाँलिएमरस रिलेशनशिपको नामले प्रचलित छ। भारत लगायत विश्वभरी नै यस्तो किसमको रिलेशनशिपमा रहेका मानिसहरु भेटिन्छन।

के हो पाँलिएमरस रिलेशनशिप?

पाँलिएमरस ग्रिक तथा लेटिन भाषाको दुई शब्द मिलेर बनेको छ। जहाँ पाँलि को अर्थ एक भन्दा बढी तथा एमरस को अर्थ प्रेम अर्थात एक भन्दा बढिसँग प्रेम गर्नु। यस्तो अवस्थामा प्रेममा हुनेहरु ईमान्दारिकताका साथ एक अर्काको मायालाई स्वीकार्नु तथा सम्बन्धलाई अगाडि बढाउनु। जहाँ एक अर्कासँगको सम्बन्धलाई लिएर कुनै पनि प्रश्न गर्ने ठाउँ नरहोस।

गरिमा र उनका प्रेमीहरुको कथा उनकै शब्दमा

जब म १३ –१४ बर्षकी थिए, त्यतिबेला म एकजना केटासँग प्रेम सम्बन्ध गाँसियो। हामी एक–अर्कासँग खुसि थियौं। सवै कुरा राम्रै चलिरहेको थियो। ठिक त्यसै बेलामा म अर्काे केटाप्रति आकर्षित हुन थाले र उसँग प्रेम सम्बन्ध सुरु भयो। तर त्यससँगै म आफ्नो पहिलो प्रेमीलाई छोडन चाहिरहेकी थिएन। तर यस्तो सम्भव छ त एउटा केटीका दुई ओटा केटासाथी हुनु?

किशोर अबस्थाका केही बर्ष मेरालागि उतार चडाव र कठिन रहे। म जटिल प्रकृतिको आइडेन्टेटि संकटसँग संघर्ष गरिरहेकी थिए। धेरैले मलाई चरित्रहीन को संज्ञा दिइरहेका थिए भने कसैले सेक्सको लत लागेक भनेर घृणा गरिरहेका हुन्थ्ये। यसैबीच मैले मनोचिकित्सकसँग पनि परामर्श गरे। मेरो काउसंलरले मलाई सम्झाउने धेरै प्रयास गरे र भने के एउटा केटा आफ्नी केटी साथीको अर्को केटा साथी पनि भएको कसरी स्वीकार गर्न सक्छ? काउसंलरको यति भनेपछि मलाई उनको कुराले गंम्भिर तुल्यायो।

यसैबीच म पढाईको शिलशिलामा वेदश जानुपर्ने भयो। र त्यहाको परिवेशले मलाई आफुलाई समाल्हिन धेरै मद्दत गर्यो। त्यहाँ मैले आधुनिक सम्बन्ध, सेक्स तथा मुल्याङकनमा पुस्तकहरु पढें। त्यहाँ म जस्तै थुप्रै साथीहरुसँग चिनजान भयो र आफैलाई स्वीकार गरेकी आफुलाई देखेर कुनै पनि किसमको संकोच थिएन।

फेरि अर्को सम्बन्ध

यसैबीच डेडिङ एप्लिकेशन टिन्डरमा मिहिर सँग कुराकानी हुन थाल्यो। कुराकानी भेटघाटमा परिणत भयो र मैले आफ्नो कुरा ईमान्दारिका साथ राखे तथा यो सम्बन्धलाई कुनै पनि दवावमा नरही इमान्दारिकताका साथ निभाउने प्रतिबद्धता जनायोैं।

मेरो मिहिरसँगको सम्बन्धको ६ महिना पछि मलाई कोही मन पर्न थाल्यो र यसबारे मैले मिहीरलाई बताए। मिहिरले यो कुरालाई सहर्ष स्वीकार गर्यो र म उनलाई भेटन गए। फेरि केही समयपछि मलाई तेस्रो पनि मन पर्न थाल्यो, उसँग सम्बन्ध बनाउन भन्दा पहिले मैले आफ्नो सवै कुरा भनेकी थिए।

खासमा पाँलिमरस हुनुको शवैभन्दा ठूलो चुनौत भनेको सवैलाई समय दिनुपर्ने र समय बचाउनुपर्ने। मानिसहरु एउटै सम्बन्धलाई टिकाउन धेरै मुश्किल परिरहेको परिपेक्षमा कसरी तीन–तीन जनासँगको सम्बन्धलाई अगाडि बढाउने।

परिवार तथा विबाहको बारेमा के हुन्छ?

यस प्रश्नमा मिहिर हाँसेर जवाफ दिन्छन ‘यो विषयमा हामी दैनिकजस्तो कुराकानी गरिरहन्छौ, यदि हाम्रोबीचमा सवै ठिक चलिरह्यो भने गरिामासँग बिबाह हुनेमा कुनै शंका छैन। एउटा कुरामा मात्रै डर लागिरहेको छ कि यदि हाम्रो भविष्यको लागि हामी भिभिन्न शहर तथा विदेश जानुपर्ने अवस्था आयो भने लंग डिस्टेन्स रिलेशिप निभाउन नसकौलाकी भनेर चिन्ता लागेको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App