जुठेल्नाको पानीमा उसको छाया देखिँदैन

बुधबार, २२ फागुन २०७५, १७ : ०९ किरण दहाल

‘ऊ आफ्नो सुन्दरताबारे अनभिज्ञ छे,

उसलाई लाग्छ,

उसको कालो रंगको कुनै गरिमा छैन।

हरिया रूखहरूमुन्तिर नांगै नाच्न र

खोलाको सङ्लो पानीमा आफ्नो अनुहार हेर्न पाउँदी हो त,

उसले थाहा पाउँथी आफ्नो सुन्दरता।

तर, बाटोमा अब हरिया रूखहरू बाँकी रहेनन्,

जुठेल्नाको पानीमा उसको छाया देखिँदैनन्।’

वारिंग क्युनीको यो कवितालाई नेपालीमा उज्ज्वल प्रसाईंले अनुवाद गरेका हुन्। क्युनिंगको यही कवितामाथि आर्टिस्ट छेतेन शेर्पाले पेन्टिङ गरे। पेन्टिङलाई झापामा यही फागुन १८ देखि २० सम्म चलेको ‘कला साहित्य उत्सव–२०७५’ मा प्रदर्शन गरियो।

आफूले क्यानभासमा कला र साहित्यको फ्युजन गरेको बताउँछन्, शेर्पा। पेन्टिङमा ‘पेटानी’ लगाएकी एक महिला टाउकोमा गाग्रो बोकर हिँडिरहेकी छे। पानी भरिएको गाग्रो। काटिएका रूख/बिरुवाको ठुटो देख्न सकिन्छ। पेन्टिङको बीचबीचमा कविताका पंक्ति छन्।

प्राकृतिक सौन्दर्य नासिँदै गएको देखाउन क्युनिंगको कविताले महत्वपूर्ण भूमिका खेलेझैँ लाग्छ, छेतेनलाई। भन्छन्, ‘हिजोआज वनजंगल विनास हुँदै गएको छ। खोलामा पानी बग्न छाडेको छ। प्रकृतिको विनास भइरहेछ। यही चित्र क्युनिंगको कवितामा भेटिन्छ।’

पर्यावरणप्रति सचेत हुन जरुरी भइसकेको छेतेनको ठम्याइ छ। त्यसैले, पेन्टिङमार्फत वातावरण जोगाउने ‘म्यासेज’ दिन खोजेका छन्। पर्यावरण बुझाउन कला पक्षलाई प्रयोग गरेका छन्। उनले जानेकै पेन्टिङ हो। पेन्टिङमार्फत नै वातावरण जोगाउन भूमिका खेल्ने उनको सोच छ।

कला साहित्य उत्सवमा पर्यावरणलाई केन्द्रित गरेको चलाइएको अर्काे सेसन थियो, चरा प्रदर्शनी। प्रदर्शनीमा वास्तविक चरा हैन चराको फोटो प्रदर्शनी गरिएको थियो। थरीथरीका चरा। सुल्तान टिट, रुडी सेलडक, क्रिमसन सनबर्ड, ब्ल्युथ्रोटलगायत ३० भन्दा बढी चरा प्रदर्शनीमा राखिएको थियो।  फोटोग्राफर थिए, देवेन्द्रकुमार खरेल।

फोटोग्राफी पनि कला हो। चराको फोटोग्राफी गरेर वातावरणप्रति सचेतना जगाउने उनको उद्देश्य छ। रंगीन चरा देखाएर मान्छेलाई आकर्षण गर्ने र उनीहरूलाई चरा, प्रकृतिको महत्व बुझाउँछन्। चराको अवस्था र यसले भोगिरहेको समस्यालाई पुष्टि गर्छन्।

प्राकृतिक सौन्दर्य बचाइराख्न चराको संरक्षण गर्नुपर्ने खरेलको तर्क छ। उनको नारा नै छ –‘चराबिनाको धर्ती र धर्ती बिनाको चरा कल्पना पनि गर्न सकिँदैन।’

चरा र प्रकृति एकअर्कामा ‘को–रिलेटेड’ देख्छन्, उनी। चरा र प्रकृति एकअर्कामा छुट्याउन नसकिने बताउँछन्। भावी सन्तानलाई देखाउन मात्रै भए पनि चराको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने उनको बुझाइ छ। मान्छेमा वातावरणप्रति जागृति आवोस् भन्नेमा उनको ध्यान छ।

मानिस विवेकशील प्राणी हो। विवेकशील भएकैले मान्छेलाई प्रकृति दोहन गर्ने छुट छैन। अभिभावक बनेर चराको संरक्षण गर्नुपर्ने बताउँछन् उनी। चराबिनाको धर्ती र धर्तीबिनाको चरा कल्पना गर्न सक्दैनन्। ‘चराहरू प्रकृतिका सुन्दर उपहार हुन्। यिनको संरक्षण हाम्रो दायित्व हो,’ खरेल भन्छन्, ‘प्रकृति बचायौँ भने चरा बच्छ, चरा बचायौँ भने प्रकृति बच्छ। हामी यी दुईलाई छाडेर अघि बढ्न सक्दैनौं।’

चराको फोटो खिच्नकै लागि खरेल विभिन्न देश समेत पुगिसकेका छन्। मेची नगरमै मात्र आफूले अढाई सयभन्दा धेरै चराका जाति भेटेको दाबी गर्छन् उनी। यीमध्ये धेरैको फोटो खिचिसकेका छन् उनले। कतिपय फोटोबाट त पुरस्कृत पनि भइसके।

चरा संरक्षणलाई उनी ‘टुरिजम’सँग पनि जोड्छन्। चरा देखाएरै नेपालले आम्दानी गर्न सक्ने बताउँछन्। साहित्य महोत्सव झापामा आउनेहरूप्रति उनको सुझाव थियो, ‘सबै मिलेर पर्यावरण जोगाउनुपर्छ। काठमाडौंले त झनै ठूलो भूमिका खेल्नुपर्छ। हामी मोफसलमा बसेर त रातदिन यसैमा लागेका छौं।’  

तेस्रो सेसन थियो, ‘पर्यावरणको खबर’। यस विषयका वक्ता थिए, नारायण वाग्ले र रमेश भुषाल। बहसमा पर्यावरणको विनासदेखि यसलाई बचाउन खेलिएका भूमिकासम्म छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै भुषालले भनेका थिए– ‘प्राकृतिक दोहन बढेको छ। सचेतना पुगेकै छैन। जलवायु परिवर्तनको कुरा आइरहेको छ। अब त हामीले झनै प्रकृतिमाथि ‘कन्सर्न’ राख्नुपर्छ।’

जलवायु परिवर्तन सबैको चासोको विषय बनेको छ। यसको एउटा परिणाम हो, ग्लोबल वार्मिङ (विश्वव्यापी उष्णता)। त्यसकै कारण हिमालको हिउँ पग्लिएर कालो पत्थर देखिन थालेको समाचार नौला भएनन्। समन्द्रको सतह बढिरहेकै छ।

विश्वको शक्तिसम्पन्न देशहरूले ग्लोमल वार्मिङ बढाउन मुख्य भूमिका खेलेको तथ्य नयाँ होइन। यस्तो अवस्थामा नेपालजस्ता गरिब र कम कार्बन उत्पादन गर्ने देशहरूले झनै वातावरणप्रति चासो राख्नुपर्ने भुषालको तर्क छ। भन्छन्, ‘हामीले उसै पनि पर्यावरणप्रति चासो राख्नुपर्छ। यो त सबैको चासोको विषय हो। विकसित देशले ग्लोबल वार्मिङमा भूमिका खेलेका हुन् त्यसैले हामी चुप रहनुपर्छ भन्ने तर्क ठीक हैन।’

त्यस्तै कार्यक्रममा बोल्दै नारायण वाग्लेले भनेका थिए, ‘विकास भनेको अहिले प्रकृतिबाट टाढाजस्तो बनाइएको छ। तर, हामीले प्रकृतिमैत्री विकास गर्न पनि सक्छौं।’ प्रकृति जोगाउन सहरले अलि बढी ध्यान दिनुपर्ने तर्क छ उनको। ‘गाउँ त प्रकृतिसँग अलि नजिक छ। सहरचाहिँ प्रकृतिबाट टाढिँदै गएको छ,’ उनी भन्छन्।

सचेतना ल्याउनै आफूहरूले पर्यावरणको तीनवटा सेसन चलाएको कार्यक्रम आयोजक सदस्य हरि तिम्सिना बताउँछन्। उनी भन्छन्, ‘वातावरणीय समस्या बढ्दै छ। अब पनि नबोले कहिले बोल्ने?’  








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad